स्थानियको जनश्रमदानमा कुटी छहरा मोटर बाटो निर्माण
 ९ कार्तिक २०७७, आईतवार

स्थानियको जनश्रमदानमा कुटी छहरा मोटर बाटो निर्माण

   १८ श्रावण २०७७, आईतवार १३:२९ प्रकाशित

मधुसुदन पोख्रेल
साउन १८ ,प्युठान
प्यूठान नगरपालिका ८ कुटी छहरा जाने मोटर बाटो निर्माण गरीएको छ । वडा नम्मर ८ स्थीत रानीकाम्लाका स्थानीयहरुको सकृयतामा जन श्रमदानबाट बाटो निर्माण गरीएको हो ।

लगडाउनको समय सदुपयोग गर्दै करीव २ सय ५० जनाको श्रमदानमा सुर्यनगर देखी कुटी छहरा सम्म २ किलो मिटर मोटर बाटो निर्माण गरीएको स्थानीय एवं प्यूठान वाख्रापालन संघ का अध्ययक्ष राम बहादुर एम सी ले बताए । कुटी छहरा जानको निम्ती सहज थिएन पैदल यात्रमा पनी कठिन हुने भएकोले स्थानीयको श्रमदानमा बाटो खन्ने कार्य गरेको एमसी ले बताए ।
पर्यटकिय क्षेत्र कुटि छहरा ओजेलमा पर्दा स्थानीय सरकार प्रचार प्रसारमा र विकास गर्न तर्फ मौन देखीएको छ । उनले भने “ स्थानीय सरकारले चासो नदिएको यस ठाउमा हामी आफै सकृय भएर बाटो निर्माण सम्पन्न गरेयौ ”
कुिट छहरा

कुटि छहरा पर्यटन स्थल बने पनि मान्छे सजिलै हिड्न सक्ने थिएनन् । अव मोटर साइकल सम्म जान सक्ने भएको छ । मोटर बाटो बनेर राम्रो भयो तर खनिएको बाटोबाट अग्नि रेखामा पनि सहयोग पुग्ने एम सी ले बताए । यो कार्य गर्न चुनौति थियो तर पानी झरी पनी नभनी स्थानीय निर्माणमा सकृय हुन भयो एम सी ले भने ।

कोरोनाको समयमा बन्दा बन्दी थियो तर स्थानीयहरु घरमै बसेको समयलाई सदुपयोग गर्दै बाटो निर्माण सम्पन्न भए पछी स्थानीय खुसी छन । कुटि छहराको पर्यटन विकासका लागि वडाले केहि वजेट विनियोजन गरी प्रवद्धन गर्नु पर्ने स्थानीएहरुको माग छ । रानी काम्लामा रहेको रिचार्ज पोखरी सुधारका लागि स्थानीय सरकार संग पहल गर्ने स्थानीय लागि पर्ने बताएका छन
स्थानीयको सकृयतामा निर्माण मोटरबाटो उद्घाटनमा नगरपालिका ८ का वडा सचिव मोटर साइकलमै कुटि छहरामा पुगेका थिए

प्यूठान नगरपालिका वडा नं ८ को मुख्य पर्यटकिय क्षेत्र कुटि छहरा भएकोले कुटि छहरा विकास गरी पर्यटन प्रवद्धनमा वडाले पहल गर्ने वडा अध्यक्ष लिलाप सिह केसीले बताए । उने भने खप्रेङखोला देखी रानीकाम्ला सम्म मोटरबाटो जोडी सकेका छौ अव कुटि छहराका सम्मका लागि आगामी दिनमा बजेट छुट्टयाइ पर्यटन प्रवद्धनमा लाग्ने केसीले बताए ।कुिट छहरा बाट देिखिने दृषय

कुिट छहरा

+ posts