प्युठानमा छिन छिनमै विद्युत अवरुद्ध, सरोकारवाला मौन
 ५ कार्तिक २०७७, बुधबार

प्युठानमा छिन छिनमै विद्युत अवरुद्ध, सरोकारवाला मौन

   २० श्रावण २०७७, मंगलवार ०५:१० प्रकाशित

मधुसुदन पोख्रेल
साउन, २० प्यूठान
पछिल्लो समय प्युठानमा छिन छिनमै विद्युत सेवा अवरुद्ध भैराखेको छ । झिम्रुक जल विद्युत वितरण केन्द्रबाट उत्पादीत १२ मेगावाट क्षमता भएको विद्युत अघोषित रुपमा बन्द हुदा सेवा ग्राहि मर्कामा परेका छन ।
नेपाल विद्युत प्रधीकरण वितरण केन्द्र दारीमचौर बाट संचाल भएको विद्युत प्युठान रोल्पा गुल्मी अर्घाखाची र दाङ सम्म संचालनमा छ ।
प्यूठान बाट उत्पादन भएको विद्युत प्यूठान जिल्लामा अघोषित लोडसेडिङ जस्तै भएको छ । अघोषित रुपमा विद्युत अवरुद्ध हुदा काममा समस्या भएको सेवाग्राहिको गुनासो छ ।

जिल्लामै उत्पादीत जलविद्युत अघोषित रुपले बन्द हुन थाले पछी सेवाग्राही आक्रोसीत भएका छन । विदरण केन्द्रले लमही बाट आउने लाइनमा जहिल्यै सिस्टममा समस्या देखाउदै आएको छ । केन्द्रबाट धेरै ठाउँ पठाउने हागाको केन्द्र एकै ठाउँ भएकोले कुनै ठाउँमा समस्या देखीए कन्टोल गर्नु पर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुन पुगेको वितरण केन्द्र दारीमचौरका प्रमुख स्याम थापाले आवाज पोष्टलाई जानकारी दिए । साथै वितरण केन्द्रमा भएको मेसीन विग्रेकोले पनी समस्या भएको थापाले बताए । विद्युतका पोलहरु टाढा टाढा भइ तारहरु जोडिने हुदा केहि समस्या भएको थापाको भनाई छ । वर्षा यामको समयमा खोलामा पानीको बाफ बढी भएमा पनि विद्युत सेवा बन्द गर्नु पर्ने थापाले बताए ।
दैनीक पटक पटक लाइन कटौतीले काम गर्न असहज भएको हुदा समस्या समाधानमा सरोकारवालाले चासो दिनु पर्ने सेवाग्राहिको माग छ ।

+ posts