बाेम बहादुर परीयार
प्यूठान, २१ साउन ।
मल्लरानी गाउँपालिका १ दारिमपाटाबाट खलंगा आउदै गरेकोे लु १ ज ४०६५ नंम्वरको जिप मल्लरानी गाउँपालिका १ दारिमपाटा आज दुर्घटना हुदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
जिप सडकबाट ३०/४० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरेन्द् कुमार कार्कीले जानकारी िदनु भयाे । घाइते हुनेमा मल्लरानी गाउँपालिका ३ स्थित २२ वर्षिय चालक पदम गिरी र सोहि ठाउँका २९ वर्षिय शिव बहादुर खत्री रहेका छन् ।
घाइतेलाई उपचारका लागि विजुवारमा लगिएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।