विजुली स्वास्थ्य चौकीमा समस्यै समस्या
 १३ कार्तिक २०७७, बिहीबार

विजुली स्वास्थ्य चौकीमा समस्यै समस्या

   २२ श्रावण २०७७, बिहीबार १०:३३ प्रकाशित

मधुसुदन पोख्रेल
साउन २२ प्यूठान
ऐरावती गाउँपालिका वडा न ६ मा रहेको विजुली स्वास्थ्य चौकीको भवन सागुराे हुदा समस्या देखिएको छ । २०५१ सालमा स्थापना भएको स्वास्थ्य चौकीमा अहिले सम्म भवन नवन्दा समस्या देखिएको हो ।
स्वास्थ्य केन्द्रमा दैनीक २० देखी २५ जना विरामी आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज सावित्रा कुवरले बताइन । ठुलो भवन नहुदा विरामीहरु बहिरै बस्नु पर्ने बाध्यता छ उनले भनीन “ कोठा साना छन विरामी बढे पछी ,पानी परे पनि गर्मी गरे पनी काममा असहज हुन्छ । ” गाउँमा रहेका समस्या सरोकारवालाले खासै चासो नदिएको पाइन्छ । स्वास्थ्य चौकीमा अहिले तौल मेसीन समेत विग्रेको छ । पानी परेको समयमा कोठामा भल पसेर विग्रीयो हामीले पालीकामा खवर गरेको थियौ तर खै चासो नदिए जस्तो गरेको कुवरले बताइन ।

स्वास्थ्य जस्तो संवेदनशिल ठाउँमा समस्या देखिएका कुरा तत्काल संवोधन गर्नु पर्ने हो खै किन गर्नु हुदैन अनमी सिवा थापाले भनीन । विरामी जाँच गर्दा हातमा लगाउने ग्लोवसमेत स्वास्थ्य सस्थामा छैन । स्वस्थ्य केन्द्रमा समस्या छ तर समस्या देखाउदा अफ्ठयारो पर्ने होकी भन्ने डर छ पुनले भनीन । लामो समय देखी स्वास्थय केन्द्रमा काम गर्दैै आाएकी पुनले यस्तो कोरोनाको महामारीमा हामीलाइ पनी काममा समस्या छ विरामीलाइ कसरी उपचार गर्ने भन्ने डर हुदा हुदै पनि जसो तसो उपचार गरेको बताइन ।
स्वास्थ्य सस्था बाट गत आर्थिक वर्ष १२ जनाले प्रशुती सेवा लीएका थिए । प्रशुती गृहमा कर्मचारी नहुदा पनि समस्या भएको थापाले बताईन । कोरोना कै कारण स्वास्थ्य सस्थामा पुरा औशधी आउन समेत नसकेको उनको भनाइ छ ।
स्वास्थ्य केन्द्रलाइ भवन बनाउने जग्गा उपल्वध विभिन्न संघ सस्थाले गरेका छन तर भवन बन्ने सुरमा छैन । भवन नहुदा समस्या खेपेको स्वास्थ्य केन्द्रको भवन बनाउन केन्द्रमा पहल गरीरहेको गाउँपालिका उपाध्यक्ष बुद्ध बस्नेतले बताए । गत आर्थिक वर्षमा हुने भनेता पनी कोभिडका कारण प्रभावित भएको बस्नेतको भनाइ छ । पालिकाका अन्य वडामा भवन छन तर १ र ६ मा स्वास्थ्य संस्थाको भवन छैन । पहिलो प्राथमिकता ६ नंम्वरको स्वास्थ्य भवन रहेको बस्नेतले बताए । उता कर्मचारीको विषयमा भरर्खर आर्थिक वर्ष सुरुभएकोले कर्मचारी करारमा राख्ने तयारी पालीकाले गरेको र समस्या समाधानमा आफु गंभिर भएर लागि परेको ऐरावती गाउँपालिका स्वास्थ्य संयोजक बालगोपाल श्रोष्ठले बताए ।

+ posts