कोरोना , सलह , बदेलहुँदै हुरीले पनि रुवायो किसान
 ५ कार्तिक २०७७, बुधबार

कोरोना , सलह , बदेलहुँदै हुरीले पनि रुवायो किसान

   २२ श्रावण २०७७, बिहीबार १४:५९ प्रकाशित

झइन्द्र भण्डारी
प्यूठान , श्रावण – २२
कोरानाको महामारीबिच सुरू भएको नयाँ वर्ष २०७७को ४ महिना बित्नै लाग्दासम्म पनि अहिलेसम्म नेपालका किसानहरूले निकै ठूलो समस्या भोग्दै आउनु परेको छ ।
कोरोनाको नियन्त्रणको लागि गरिएको लकडाउनले व्यवसायी तथा जागीरेहरूलाई पनि समस्यामा पारेर आर्थिकमन्दी त लगायो नै त्यसभन्दा बढी पीडित बने किसान मजदुरहरू ।

कोरोनाको महामारी लकडाउनको समस्याबिच जसोतसो खेती किसान गरि आफ्नो परिवारको जीविकोपार्जन गर्ने सपना बोकेर खेती गरेका किसानलाई सलह किराले निकै सतायो ।
कतै खेती गरेर उब्जाएको अन्नबाली खेतबारीमै सलहले सत्यनास नै बनायो कतै किसानहरूले ढ्याङ्ग्रो ठटाएर , आगोबालेर दिनभर खेतबारी मै कुरेर खेतीबाली केही जोगाए तर दिनमा सलहबाट सकेजती बचाएका किसानको बाली रातमा बँदेल लगाएतका जंगली जनावरके मासिदिए ।

यसरी अहोरात्र खटेर जेनतेन धेरैले थोरै भएपनी जोगाएको मकैबाली आज आएको हुरी बतासले भाचिदिएर ढालिदिएर बारीमै सुताईदियो यसले किसान थप पिडित बनेका छन ।
स्वर्गद्वारी नगरपालिका प्यूठानका लेक तथा डाडाकाडामा रहेका बस्तीका मकै आज बिहिवार आएको हुरीले सत्यानास नै बनाउदा यो संकटको अवस्थामा किसानको जसोतसो परिवार पाल्ने सपना फेरि पनि मरेको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ बेल्बासमा बुधबार साझदेखी चलेको हुरीले गाउँभरको बारीमा रहेको मकै ढालेर केही पनि ठाडो बोट नरहेको स्थानीय किसान तथा शिक्षक बसन्त कालाथोकी तथा बिष्णु भण्डारीले जानकारी दिनु भयो ।
कृषक फनाधर भण्डारीले केही दिन अघिसम्म दिनमा सलह तथा रातमा बदेलबाट जेनतेन सकेजती जोगाएको मकैबाली पछिल्लो २४ घण्टादेखी चलेको हुरीले सखाप पारेको भन्दै पीडा पोख्नुभयो । उहाँले भन्नुभयो ,” कोरोनाको कारणले आर्थिक समस्यामा परेका हामी किसानलाई सलह, बदेल हुँदै हुरीले पनि छोडेन । अब भएको बालीनाली यी सवै प्रकोपले सक्कायो न त जागीर नै छ अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले आनन्दले निद्रा पनि लाग्दैन ।”
किसान एकपछि अर्को मारमा परेको यो संकटको अवस्थामा स्थानीय तथा प्रदेश सरकारले किसानका यी घाउमा केही मलमपट्टि गर्नेछ । सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यान यता जावस

+ posts