व्यवसायिकाे सदस्यता नवीकरण तथा आयकर संकलन सीवीरमा सहभागी हुन संघकाे अाग्रह
 ५ कार्तिक २०७७, बुधबार

व्यवसायिकाे सदस्यता नवीकरण तथा आयकर संकलन सीवीरमा सहभागी हुन संघकाे अाग्रह

   २४ श्रावण २०७७, शनिबार १५:११ प्रकाशित

गिता गौतम
साउन २४ शनिवार
प्युठान उद्योग वाणिज्य संघले संचालन गरेको सदस्यता नविकरण तथा आयकर संकलन कार्यको आज स्वर्गद्वारी नगर बजार क्षेत्र भिग्री र स्वर्गद्वारी खालमा सम्पन्न भएको छ । आज त्यस क्षेत्रका २०७ संघको सदस्यता नवीकरण तथा आयकर संकलन गरिएको संघका कार्यकारी निर्देशक प्रकास खनालले जानकारी दिएका छन ।
तेस्तै सदस्यता नविकरण तथा आयकर संकलन कार्य हिजो मल्लरानी बजार क्षेत्र चुजाठाटिबाट संचालन भएको थियो । सदस्यता नवीकरणको पहिलो दिन ७१ सदस्यता नवीकरण तथा आयकर संकलन गरिएको हो ।
कोभिड १९को जोखीममा पनी व्यवसायीका लागि सुरक्षीत तवरले सेवा दीएको खनालले जानकारी दिए । संघको आर्थिक वर्ष २०७७र०७८ को सदस्यता नविकरण र वार्षिक २० लाख भन्दा कम कारोवार गर्ने उद्योगि व्यवासायीहरुलाइ मध्यनजर गरी आर्थिक वर्ष २०७६र०७७ को आयकर संकलन अभियान थालिएको छ ।
साउन २३ गतेदेखि सन्चालन गरिएको घुम्ति सेवा साउन ३२ गते सम्म सञ्चालन हुने खनालले जानकरी दिए । प्युठान जिल्लाका ९वटा स्थानमा घुम्ति सेवा सञ्चालन हुने र मल्लरानी बजार क्षेत्रका ब्यवसायीहरुलाइ भने कार्यालय समय भित्र संघबाट नै सेवा दिइने समेत खनालले बताए । घुम्ति सेवामा कतै नविकरण छुट्न गएमा असोज मसान्तसम्म बिलम्व शुल्क नलिइ नविकरण गरीने खनालको भनाइ छ । आयकरका लागि सम्बन्धित ब्यवसायिले कर कार्यालय तथा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । संघको सदस्यता नविकरण र आयकर संकलनका लागि आवस्यक कागजात सहित तोकिएको स्थानमा सम्पर्क गर्नु पर्ने छ ।


साथै साउन २५ गते ठुलाबेसी,२६ गते मच्छी,साउन २८गते बाग्दुला र विजुवार २९ मा दाखाक्वाडी, ३०मा देविस्थान ३१ मा बरौला र साउन ३२मा बडडाडा र दर्भान संचालन गर्ने संघले जनाएको छ । याे कार्यमा सवै व्यवसायिलाइ सहभागि भएर व्यवसाय दर्ता तथा नविकरण गर्न संघकाे अाग्रह छ ।

+ posts