स्वाब संकलन गरेका व्यक्ति अनीबार्य क्वारेन्टाइनमा बस्नु पर्ने
 १३ कार्तिक २०७७, बिहीबार

स्वाब संकलन गरेका व्यक्ति अनीबार्य क्वारेन्टाइनमा बस्नु पर्ने

   २४ श्रावण २०७७, शनिबार १६:१५ प्रकाशित

मधसुदन पोख्रेल
साउन २४ शनीवार
प्यूठान, स्वाव संकलन गरेका व्यक्ति अनीबार्य क्वारेन्टाइनमा बस्नु पर्ने जिल्ला स्वास्थ्यकार्यालय प्रमुख विसाल सुवेदीले बताएका छन । संकास्पद ब्यक्तिको मात्र पिसीआर जाँच गर्ने भएकोले स्वाव लिएको व्यक्ति रिर्पोर्ट नआउन्जेल सम्म अनीवार्य क्वारेन्टाइनमा बस्नु पर्ने सुवेदीले बताएका हुन ।
गाउँ स्तरमा कोरोना जोखीम बढेकोले परिक्षण कार्यलाई तिव्रता दिएको सुवेदीले बताए । हाल सम्म प्यूठान जिल्लामा १० हजार सात सय ८४ जनाको पीसीआर विधिबाट जाच भएकोमा ३ सय ४२ जनाको पोजेटिभ देखिएको छ भने ३३५ जनाले कोरोना जितीसकेका छन ।
जिल्लामा ७ जना आइसुलेसनमा छन भने जिल्लाका विभिन्न क्वारेनटाइमा १ सय २१ जना छन भने ३ सय २२ जनाको रिर्पोर्ट आउन बाकी रहेको स्वास्थ्यकार्यालयले जनाएको छ । कोेरोना गाउँ स्थरमा फैलिए पछी एक हप्ताका लागि प्यूठान नगरपालिकाका ७ र ८ वडालाई सिल समेत गरीएको छ ।

+ posts