बस्तविक कृषकसंग स्थानीय सरकार पुग्न नसकेको कृषक थापाको गुनासो (भिडीयो सहित)
 १३ कार्तिक २०७७, बिहीबार

बस्तविक कृषकसंग स्थानीय सरकार पुग्न नसकेको कृषक थापाको गुनासो (भिडीयो सहित)

   २५ श्रावण २०७७, आईतवार ०४:२६ प्रकाशित

विमल प्रसाद पोख्रेल
आइतवार,साउन २५
प्युठान नगरपालिका ७ का कृषक बिनोद थापा ’बाबुराम’ ले गाई फर्म संचालन गरेको दस बर्ष भयो। उहाँले यो पेशामा संघर्ष र दुख अनुसारको सफलता नपाएको भन्दै अहिले यो पेशाबाट टाढिनु पर्ने अबस्था आएको बताउनु भयो। दस बर्ष अघि पाँच वटा गाईबाट संचालन गरेको फर्म अहिले १०र१२ वटा हुँदै १७र१८ सम्म पुगेर समाप्त हुने अबस्थामा छ। सुरुवाती चरणमा बैंकबाट ३ लाख ५० हजार, साथीहरु र अन्य साहुबाट ५ लाख भन्दा बढी ऋण लिई करिब ८ लाखको हारहारीमा गाई फर्म संचालन गरेको थापाको भनाई छ।
लकडाउनको समयमा दानाको अभाव भएको र सरकारबाट आफुले पाउनु पर्ने अनुदान नपाएपछी आफुलाई फर्म संचालन गर्न सकस परेको भन्दै आफुसंग फर्ममा भएका गाई सबै बेच्नु पर्ने अबस्था आएको कृषक थापाको भनाई छ। उहाँले भन्नुभयो, “ मैले निकै संघर्ष र दुस्ख गरेर फर्म संचालन गरेको थिए। अब त्यही फर्मबाट टाढा हुनुपर्ने बाध्यता आएको छ। लकडाउनको बेला गाईलाई चाहिले दाना पाउन पनि गाह्रो भयो। यस्तो अबस्थामा मैले उनिहरुलाई कसरी पाल्ने?“
उहाँले आफ्नो दुस्ख सुनाउदै आफुलाई स्थानीय तहले पनि कुनै सहयोग नगरेको बताउनु भयो। “ मैले अनुदानकै लागि स्थानीय तहको निकै चक्कर काटे तर मलाई अनुदान दिइएन। मैले मेरै छोरोलाई पनि कृषि संबन्धी बिषय पढाएर सबै परिवार यसै पेशामा लागि जिल्लामा एक सफल कृषक परिवार भनेर चिनिन्छु अनि नगरपालिकालाई मेरै फर्मबाट दुध पुर्याइ आत्मनिर्भर बनाउछु भन्ने लक्ष्य लिएर फर्म संचालन गरे तर स्थानीय निकायबाट कुनै पनि साथ पाएन।“ उहाँले भन्नुभयो, “स्थानिय सरकारबाट तालिम, परामर्श, अबलोकन अनि थप अनुदानको आस गरेको थिए, तर भएन। यदि स्थानीय सरकारले यत्ती गरेको भए मलाई पनि हौसला र सहयोग हुने थियो। र यो पेशामा थप अग्रसर हुने थिए होला।“ उहाँका अनुसार आफु जस्ता वास्तविक कृषक सरकारी अनुदानबाट बन्चित भएको बताउनु भयो।
आफु गाई पालेरै केही गर्छु भन्ने सोचका साथ यो पेशामा लागेपनी कहिँकतैबाट साथ सहयोग नमिलेपछी आफ्नो मनोबल गिरेको थापाको भनाई छ। आफ्नो फर्मबाट उत्पादन गरेको दुध जम्मा प्रतिलिटर ५५ रुपैयामा डेरिलाई उपलब्ध गराउनु पर्ने र डेरिले सोही दुध ८०र९० रुपैयाँमा बेच्ने गरेको बताउनु भयो। यसरी आफुले दुधबाट पनि घाटा ब्यहोर्दै आएको उहाँको भनाई छ।

हेर्नुहाेस िभडियाे

गाई फर्म सङ्गै थापाले माहुरी, कुखुरा, बाख्रा र भैंसी पनि पाल्दै आउनु भएको छ। फर्ममा रहेका सबै गाईहरु बेचिसकेको र बाँकी तीनवटा गाईलाई पनि छिट्टै बेच्ने उहाँले बताउनु भयो। यदि स्थानिय सरकारले ब्यबस्था मिलाइदिन सके यी गाईहरु बेचेर आएको पैसाबाट धेरै दुध उत्पादन गर्ने गाईहरु भारतबाट ल्याई पुन ब्यबस्थित गरि गाई फर्म संचालन गर्ने र यो पेशालाई आधुनिकीकरण गर्ने उहाँको सोंच छ।
थपा जस्तै कृषि पेषमा भएका किसानहरुका लागि स्थानीय सरकार साथमा छैन । स्थानीय सरकारले कृषि क्षेत्रम लगानी धेरै लगाउन खोजे पनी बास्तवीक किसान संग सरकार नभएको गुनासो कृषक बाट सुन्न धेरै पाइन्छ । जसको पहुच छ जो किसान नवनेर किसान जस्तै बन्छ उसलाइ उनुदानका कार्यक्रम पर्नुले पनि कृष पेशा माथी उठ्न नसकेको प्रस्ट छ । कृषि क्षेत्रमा छुट्टाइएको बजेट सहिठाउमा सदुपयोग गर्न सरोकारवाला सजक हुनु आवाश्यक छ ।

+ posts