शशस्त्र प्रहरी बल गुल्म प्युठानको ब्यारेक भवन उद्घाटन
 ९ कार्तिक २०७७, आईतवार

शशस्त्र प्रहरी बल गुल्म प्युठानको ब्यारेक भवन उद्घाटन

   २५ श्रावण २०७७, आईतवार १५:२१ प्रकाशित

शशस्त्र प्रहरी बल गुल्म प्युठानको ब्यारेक भवन उद्घाटन

बिमल प्रसाद पाेख्रेल साउन २५
प्युठान नगरपालिका-३ बतासे डाँडामा शशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म प्युठानको ब्यारेक आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ। शशस्त्र प्रहरी बल ५ नं प्रदेश बिन्ध्यबासिनी बाहिनीका बाहिनीपति प्रहरि नायब महानिरिक्षक किशोर प्रधानद्वारा क्याम्प उद्घाटन गरिएको हो।
क्याम्प उद्घाटन गर्दै प्रहरी नायब महानिरिक्षक प्रधानले शशस्त्र प्रहरी बल नेपालको कान्छो सुरक्षा फौज भएको भन्दै स्थापना भएको छोटो समयमा नै जनताको मन जित्न सफल भएको बताउनु भयो। शशस्त्र प्रहरी बल स्थापना भएको करिब १५/१६ बर्ष भैरहदा सुरुवाती चरणदेखिनै जनताको सुख, दुख, हरेक पिडामा साथ दिनु पर्छ, सेवा गर्नुपर्छ भन्ने मुल मन्त्र लिएर अघि बढेको र अहिले जनताको लागि यो संगठन/फौज अपरिहार्य छ भन्ने महसुस भएको बताउनु भयो। जनताबाट आफुहरुले पाएको माया र साथ संगठनको लागि निकै ठूलो सफलता भएको बताउनु भयो। शशस्त्र प्रहरिले देश र समाजको शान्ती सुरक्षाको लागि महत्वपुर्ण योगदान पुर्याउदै आएको भन्दै संगठन सधै राज्यले सुम्पेको हरेक कर्तव्य/कार्य पूरा गर्दै परिश्रमी र लगनशील भएर अगाडी बढ्ने उहाँको भनाई छ। अबको दिनमा बांकी गुल्महरुमा पनि आफ्नै भौतिक संरचना तयार गरिने भन्दै जिल्लाको शान्ती सुरक्षामा नयाँ संरचनाले प्रहरिको कार्यकुशलतालाई थप सहयोग पुर्याउने बताउनु भयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले गुल्मको लागि ब्यबस्थित ब्यारेक निर्माण भएसङ्गै जिल्लाको शान्ती सुरक्षा र बिपद ब्यबस्थापनमा सहयोग पुग्ने बताउनु भयो। उहाँले प्रदेश सरकारको सहयोगमा हेलिप्याड निर्माण गरिएको समेत जानकारी गराउनु भयो।
जिल्लाका स्थानिय तह तथा निजि क्षेत्रको झन्दै २० लाख रुपियाँ लगानीमा भौतिक संरचना निर्माण गरिएको गुल्मपति चेतनाथ जोसिले बताउनु भयो। कम्पाउन्ड, गुल्मपति निवास सहित विभिन्न भौतिक संरचना निर्माण भएको उहाँको भनाई छ। गुल्मलाई ३ हजार ५ सय ६० वर्गमिटर जग्गा प्युठान नगरपालिकाले उपलब्ध गराएको हो। उक्त जग्गा यसअघि स्थानियले नगरपालिकालाई नि:शुल्क रुपमा उपलब्ध गराएका थिए।
यसअघि प्युठान नगरपालिका-४ गाँजुरीमा अस्थायी ब्यारेकबाट प्रहरीले सुरक्षा दिँदै आएको थियो। “साँघुरो र सुरक्षा रणनीतिका कारणले समेत पुरानो स्थान असुरक्षित रहेको थियो।” गुल्मपति जोसिले भन्नुभयो, ” स्थानियको सहयोग र सहायताले उचित ठाउँमा ब्यारेक निर्माण भएको छ।”
कार्यक्रममा स्थानिय जग्गादाता तथा सहयोगी निकायलाई सम्मान गरिएको थियो।

+ posts