बाहिरि जिल्ला बाट काठमाडौं जान राेक
 १३ कार्तिक २०७७, बिहीबार

बाहिरि जिल्ला बाट काठमाडौं जान राेक

   २५ श्रावण २०७७, आईतवार १६:३१ प्रकाशित

अावाज पाेष्ट प्युुुुठान, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको बाहिरीजिल्लाबाट काठमाडौं आउनमा रोक लगाएको छ ।
कोभिड१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी्)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।

सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको हो । पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ र, अधिकांश संक्रमित विभिन्न जिल्लामाट आएका छन् ।अन्तत बाहिरी जिल्लाबाट काठमााडैं आउन रोक
यसबाहेक सीसीएमसीले फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका ब्यापार पूर्ण रुपमा बन्द गर्न समेत सिफारिस गरेको छ ।

यसबारे भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए ।

+ posts