प्यूठानमा रासायनिक मलको अभाव, समयमा मल प्रयोग नगरे उत्पादनमा असर पुग्ने
 १३ कार्तिक २०७७, बिहीबार

प्यूठानमा रासायनिक मलको अभाव, समयमा मल प्रयोग नगरे उत्पादनमा असर पुग्ने

   २६ श्रावण २०७७, सोमबार १२:३५ प्रकाशित

मधुसुदन पोख्रेल
सोमबार,साउन २६
प्युठानमा रासायनीक युरीया मलकाे अभाव भएको छ । खेतमा लगाएको धान गोडमेल गरेपछी यूरीया मल छर्ने समय भएको समयमा मल नपाए पछी किसान चिन्तीत बनेका छन ।
दैनिके विजुवारमा रहेको जनता कृषि सहकारीमा किसानले मल छ की छैन भन्दै फर्कदै गरेका छन । हामिले पटक पटक सम्पर्क गरी राखेका छौ तर बाहिरबाट नपठाएको जनता कृषि सहकारीका व्यवस्थापक कृष्ण लाल श्रेष्ठले बताए । यो साल कोरोनाका कारण केहि समस्या भएको र मल प्रयाप्त मात्रामा आउन नसकेको श्रेष्ठलेको भनाई छ । झिमरुक फाटमा त लगभग मल प्रयोग भै सकेको छ तर खोलाका केहि खेतमा बाकी छ १० देखी २० क्यीन्टल युरीया आएमा पुग्न सक्ने श्रेष्ठले बताए । कृषकहरु दैनीक १५ देखी २० जनाले सोध्न आउनु हुन्छ फर्किएर जानु हुन्छ उनले भने जिल्लामा धेरै सहकारी भएता पनि प्रयाप्त मात्रमा मल नआउन नसक्नु नै ठुलो समस्या हो ।

गोडमेल गरेको समय र गजाउन लागेको धानमा मल प्रयोग नगर्दा उत्पादनमा केही असर पर्ने प्रधान मन्त्रीकृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ खलंगाका प्रमुख सुमन खनालले जानकारी दिए । बाहिरी देश बाट मल खरीद गर्नु पर्ने भएको हुदा कोभिडका कारण प्रयाप्त मल नआएको खनालले बताए । मल खरीद गर्न कृषि सहकारीलाइ अनुमती दिएकोले यसमा मुख्य भुमीका उनीहरुको नै हुने खनालको भनाई छ । मल खरिद गर्नमा पहल गरीरहेकोले किसानलाइ नआत्तीन पनि खनालले अग्रह गरेका छन ।

+ posts