प्युठानमा एकै दिन २३ जना काेराेना संक्रमित थपिए
 १३ कार्तिक २०७७, बिहीबार

प्युठानमा एकै दिन २३ जना काेराेना संक्रमित थपिए

   २६ श्रावण २०७७, सोमबार १३:३० प्रकाशित

गिता गाैतम
साेमवार ,साउन २६
प्यूठानमा आज एकै दिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा
नेपाली सेनाका १४ र जिल्ला प्रहरी कार्यालय प्युठानको हिरासतमा रहेका एकजना कैदी सहित १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
त्यस्तै स्वर्गद्धारी नगरपालिकाको क्वारेन्टाइनमा बसेका ६ जनामा , र मल्लरानी गाउँपालिकाका एक जना व्यक्तिमा कोरोना देखिएको छ । एक जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो ।
कोरोना ससंक्रमण पुष्टि हुनेमा तीन जना महिला र २० जना पुरुष रहेका छन् ।
उनीहरुको उमेर १२ देखि ४६ वर्षसम्मको रहेको छ । हाल सम्म जिल्ला भर ३६५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ३३७ जना निको भएर घर फर्किसकेका छन भने अहिले जिल्लामा पहिलेका ५ सकृय संक्रमीत सहित २८ जना संक्रमीत रहेका छ्न ।

+ posts