जन्मदिनको अवसरमा विरामीलाई प्रदेशबाट सहयोग
 १३ कार्तिक २०७७, बिहीबार

जन्मदिनको अवसरमा विरामीलाई प्रदेशबाट सहयोग

   २७ श्रावण २०७७, मंगलवार ०६:०५ प्रकाशित

मधुसुदन पोख्रेल
मंगलवार,साउन २७
प्यूठान, आर्थिक अभावमा उपचार नपाएर छट्पटाई रहेका शंकर परियारलाई मल्लरानी गाउँपालिका ३ मुन्डाडा घर भै हाल साउदी अरवमा रोजगारका लागि गएका पदम परीयारले आफ्नो जन्मदिनको अवर पारी रकम सहयोग गरेका छन ।
शंकर लामो समय देखी पेटकोे समस्याले थलिएका थिए । आर्थिक अभावका कारण उपचार नपाएका शंकरका लागि जन्मदिनमा फजुल खर्च गर्नु भन्दा विरामीको ज्यान जोगाउने उदेश्यले सहयो गरेको परियारले बताए । साथै उनले भने आफुले दुखी गरीव असाय र पीडामा छट्पटाइ रहेका जस्तो सुकै विरामीहरुलाइ पनि पहिले देखीनै सक्दो सहयोग गर्दै आएको बताए । आफ्नो जन्मदिको अवसरमा विरामीलाइ सहयोग गर्न पाउदा खुसीको महसुस गरेको उनले बताए । साथै परियारले विरामीको स्वास्थ्य लाभको कामना समेत गरेका छन । उनले विरामी शंकरलाइ उपचारमा केहि सहयोग मिलोस भनी आफ्नो परिश्रमको केही रकम कटौती गरी ३ हजार सहयोग गरेको बताए । उनी विगत ४ वर्षदेखी साउदीको एक कम्पनीमा रोजगार गर्दै आएका छन । सहयोगी मन प्रदेशमा रहेका समाज सेवी पदम परियारलाई जन्मदिनको शुभकामना

+ posts