मास्क नगाउनेलाइ तपाइको मास्क खोइ भन्दै मास्क दिदै
 ११ कार्तिक २०७७, मंगलवार

मास्क नगाउनेलाइ तपाइको मास्क खोइ भन्दै मास्क दिदै

   २८ श्रावण २०७७, बुधबार ११:२२ प्रकाशित

बोम बहादुर परियार
साउन २८ प्युठान
प्यूठान, काेराेनाकाे जाेखीम बढे संगै विभिन्न संघ सस्थाहरूले बाटाेमा मास्क नलगाइ हिड्ने बटुवाहरूलाइ माक्स दिन थालेका छन । पछिल्लाे समय प्युठानमा तपाइको मास्क खोइ कार्यक्रमले तिब्रता पाउदै गएको छ । कोभिड १९ को महामारीको रोगथाममा थप सहयोग पुग्नेगरी वुधबार माण्डबी गाउपालिका जस्पुर बजारमा पनि अाज बाटाेमा हिड्ने यात्रुहरुलाइ सर्जिकल मास्क बितरण गरिएको हो ।
स्थानिय समाजसेबी दिपक केसीले उपलब्ध गराउनुभएको ३ सय पिस सर्जीकल मास्क मान्डबी गा्रमिण बिकास संस्था द्वारा जस्पुर बजारमा बितरण गरिएको संस्थाका अध्यक्ष लव कुमार अधिकारिले बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानसंग समन्वय गरी पत्रकार ,गाउपालिका कर्मचारी, इलाका प्रशासन , जिल्ला बाल संजाल ,स्थानिय बुद्दीजीबि लगायतको उपस्थितीमा संदेशमुलक प्ले कार्ड सहित यात्रुहरुलाइ कोरोनाबाट जोगिन सचेत बनाउदै मास्क बितरण गरिएको अधिकारीले बताउनुभयो । २०७० सालमा स्थापना गरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको र लकडाउनको सुरुवाती चरण देखिनै ठाउहरुमा गइ मानिसहरुलाइ मास्क, स्यानिटाइजर , सावुन लगाएतका सामागी्र वितरण गर्दै आइरहेको उहाले बताउनु भयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरि प्रमुख नरेन्द्रकुमार कार्कीले कोरोना विरुद्दको लडाइमा नागरिक नै सचेत नभए अभियान सफल पार्न नसकिने बताउनु भयो । जिल्लामा २४ वटा प्रहरी युनिटले बिभिन्न स्थानिय तह र पत्रकारहरु संग सहकार्य गर्दै कोरोना विरुद्दका अभियान चलाउदै आएको छ । सबैलाइ कोरोनाबाट जोगिन सचेत बनाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत तपाइको मास्क खोइ कार्यक्रमले जिल्लामा तिब्रता पाएको प्रमुख कार्कीले बताउनु भयो

+ posts