देशभर भोलिदेखि पास भएका सवारीसाधन पनि नचल्ने
 ११ कार्तिक २०७७, मंगलवार

देशभर भोलिदेखि पास भएका सवारीसाधन पनि नचल्ने

   २८ श्रावण २०७७, बुधबार १५:३६ प्रकाशित

अावाज पाेष्ट २८ श्रावण २०७७, बुधबार
काठमाडौं । गृहमन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै पास वितरण कार्य बन्द गर्न निर्देशन दिएको छ ।
गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबारदेखि देशभरका सम्पूर्ण पास वितरण कार्य बन्द गर्न निर्देशन दिएको हो ।यससँगै बिहीबारदेखि नै यसअघि पास प्राप्त गरेका सवारीसाधनहरु पनि चल्‍न नपाउने भएका छन् ।
सरकारले यसअघि एक जिल्लाबाट अर्को जिल्लाका जानका लागि सवारी पास उपलब्ध गराउँदै आएको थियो । जसका कारण पास सवारी साधनहरु कोरोना संक्रमणविरुद्ध मापदण्ड पालना गरी सञ्‍चालन हुँदै आएका थिए ।
पछिल्लो कोरोना संक्रमणको जोखिम अत्यधिक बढेको छ । बुधबार मात्रै ८८४ जनामा कोरोना संक्रमण देखिएको छ भने 10 जनाको मृत्यु भएको छ ।

+ posts