नेपाल पत्रकार महासंघकाे सदस्यता सुद्दिकरण अभियानमा प्युठानबाट कुन कुन परे ?
 १३ कार्तिक २०७७, बिहीबार

नेपाल पत्रकार महासंघकाे सदस्यता सुद्दिकरण अभियानमा प्युठानबाट कुन कुन परे ?

   ३२ श्रावण २०७७, आईतवार १३:३० प्रकाशित

मधुसुदन पाेख्रेल
अाइतवार, साउन ३२ प्युठान

नेपाल पत्रकार महासंघ प्यूठानले पत्रकार सदस्यता सुद्दिकरण अभियान थालेकाे छ । महासंघकाे केन्द्रिय नितिअनुसार सरकारी कर्मचारी ,राजनितीक दलको जिल्ला समितिको पदाधिकारी,राष्टसेवक कर्मचारीह भएकाहरूलाइ साधारण सदस्यता नविकरण नगर्ने नेपाल पत्रकार महासंघ प्यूठानले निर्णय गरेकाे छ । महासंघको सदस्यता प्राप्ती तथा नविकरण कार्यविधी २०७६ वमोजिम स्थायि कर्मचरी र जिल्लास्तरमा राजनीतिक दलको पदाधिकारी रहेका सदस्यको सदस्यता नविकरण सुद्दिकरण अभियान थालेकाे हाे । ।
महासंघको अाइतवार बसेको कार्यसमिती वैठकले महासंघको सदस्यता प्राप्त गरेपछी स्थायि सरकारी कर्मचारी वनेका ५ जना र राजनितीक दलको जिल्ला समितिको पदाधिकारी रहेका १ जना गरि ६ जना साधारण सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ िजल्ला शाखा प्यूठानका सचिव विजय सिहँ भारतीले बताए । सरकारि कर्मचारी बाट नुमराज खनाल,किरण थापा ,धना गिरी, निर्मला गिरी, बालकृष्ण थापा,र राजनीतिक दल तर्फबाट देवेन्द्र बर्मा काे सदस्रयता नविकरण नगर्ने निर्णय गरेकाे भारतिले बताए ।
यस्तै, विगतमा पत्रकारीता गरेर हाल उक्त पेशावाहेक अन्य ठाँउमा संलग्न जो कोहिलाई पनि सदस्यता परित्याग गर्न महासंघले आग्रह गरेको छ। विगतमा पत्रकारीता गर्दा पत्रकार महासंघको सदस्यता लिएर हाल विभिन्न व्यादर, व्यवसाय, जागिर लगायतका क्षेत्रमा संलग्न सदस्यलाई स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्न महासंघले आह्वान गरेको छ।

+ posts