समाचार प्रभाव ः शंकरको उपचारमा सहयाेगि मनहरू भेटिदै
 १३ कार्तिक २०७७, बिहीबार

समाचार प्रभाव ः शंकरको उपचारमा सहयाेगि मनहरू भेटिदै

   ३२ श्रावण २०७७, आईतवार १४:५६ प्रकाशित

अावाज पाेष्ट
अाइतवार,साउन ३२

प्युठान,अार्थिक अभावका कारण उपचार गराउन नसकेर समस्यामा परेका प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको बिभिन्न सहयोगदाताहरुको सहयोगमा टिचिङ हस्पिटल काठ्माण्डौंमा अप्रेशन हुनेभएको छ। बिभिन्न सहयोगदाताहरुको सहयोगमा आइतबार उनको अप्रेशन हुने बिरामी शंकर परियारका दाजु सागर परियारले जानकारी दिनुभयो। शंकर परियारको बिषयमा समाचार प्रकाशन भएपछि विभिन्न सहयोगदाताहरुको सहयोगमा उनको उपचार सम्भव भएको हो।
गाउँनै सहयोगमा आफ्नै छिमेकी वडाको १५ बर्षिय बालकले उपचार नपाएर बिचल्लीमा परेको समाचार देखेपछि मल्लरानी गाउँपालिका वडा नं. २ का स्थानिय यम बहादुर के.सीको नेतृत्वमा ५१ हजार ४ सय ५६ रुपैयाँ संकलन गरेका छन्। “छिमेकी वडाको भाईको अबस्थाको बिषयमा समाचार पढँे” यम बहादुर केसीले भन्नुभयो–“पैसाको अभावले मर्न त दिन हुन्न भन्ने लाग्यो छिमेकी भाई जुमान सिंह नेपाली, बल बहादुर के.सीलाई भनेर गाउँभरीबाट सक्दो सहयोग उठाउन लागेर सहयोग गरेको हो। आफुले दुई हजार सहयोग गरेपछि अन्य गाउँका धेरै मान्छेले सहयोग गर्नुभयो।” समाजसेवी के.सीले भन्नुयो। मल्लरानी गाउँपालिका वडा नं. २ का ६० जनाबाट उक्त रकम उठेको हो।
जनसेवा संस्थाद्धारा शंकर परियारको उपचारमा सहयोग आर्थिक समस्याका कारण उपचार गराउन शंकर परियारको विषयमा सिखवर अनलाईन र लिस्ने जनससञ्चार साप्ताहिक र अावाज पाेष्ट डटकममा समाचार प्रशासन भएपछी नेपाली जनसेवा संस्थाले मिडियाको कार्यलयमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको छ। शंकरको अबस्थाको बिषयमा समाचार पढे पछि प्यूठान नगरापालिका ८ प्यूठानमा रहेको नेपाली जनसेवा संस्थाले सहयोग गरेको हो। संस्थाका संस्थापक अध्यक्ष मिठ्ठु पुरीले बालकको बिचल्लीको खबरले आफुहरुलाई दुःखी बनाएको र उनलाई बचाउनको लागि सहयोग गरेको बताउनुभयो। कोरोना संक्रमणको समयमा नजिकैको बिद्यालयमा क्वारेन्टिनमा बसेकाहरुलाई संस्थाको तर्फबाट आफुहरुले निःशुल्क काम गरेको र त्यहिबाट बचाएको रकमबाट एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ। संस्थाको टोली बिजुवार जुम्रीमा आई सिखवर अनलाईन र लिस्ने जनसञ्चार पत्रिकाको कार्यलयमा रकम हस्तान्तरण गरेको हो। संस्थाका अध्यक्ष मिठु पुरी , उपाध्यक्ष कृष्ण दसौति , सचिव तिलोचन थापा , सह सचिव भिष्म सुवेदी , कोषाध्यक्ष बिजय महतरा त्यस्तै सदस्यहरु मिठा महतरा, दुर्योधन सुवेदी, गंगा सिवभक्ति , बालाराम सुवेदी , जगत महतरा , बिजय बसेल , लंक बहादुर महतरा, इन्द्र बहादुर महतरा ,सञ्जय जि.सी र सुरज थापाले सहयोग गर्नुभएको हो।

तिजखर्च र जन्मदिनको खर्च कटाएर विरामिको उपचारमा सहयोग

सुर्योदय लद्युबित्त बित्तिय संस्था शाखा कार्याँलय खनदह अर्घाखाँचीको शाखा प्रमुख सुशिला केसीले तिज खर्च कटाएर शंकरको उपचारमा सहयोग गर्नुभएको छ। कोरोना भाइरसको उच्च जोखिममा यसपालिको तिज मनाइदैन उपशाखा प्रमुख के.सीले भन्नुभयो–“ म तिज खर्च कटाएर त्यो भाईलाई पाँच हजार रुपैयाँ सहयोग गर्छु।” झिमरुक गाउँपालिका वडा नं ६ तोरबाङ प्यूठान निवासी के.सीले हरितालिका तिजमा रमाइलो गर्नका लागि खर्च हुने रकम उपचार दिनुभएको हो। त्यस्तै, मल्लरानी गाउँपालिका वडा नं. ३ मुन्डाँडा प्यूठान निवासी पदम परियारको जन्म दिन श्रावण २६ गते ।हाल रोजगारको शिलशिलामा साउदी बस्दै आएका परियारले शंकरको बिषयमा समाचार पढेपछि जन्मदिन मनाउन खर्च हुने रकमबाट रु तिन हजार सहयोग गर्नुभएको छ। केक काट्ने मन थियो परियारले भन्नुभयो –“ शंकरको बिचल्लीको समाचार पढे, गरिबीको पिडाले मन दुख्यो उसलाई बचाउन सहयोग र्गछु।”

+ posts