प्युठानमा अामाद्वारा ३ वर्षिया छोरीको घाँटी थिचेर हत्या
 १३ कार्तिक २०७७, बिहीबार

प्युठानमा अामाद्वारा ३ वर्षिया छोरीको घाँटी थिचेर हत्या

   ३२ श्रावण २०७७, आईतवार १८:०८ प्रकाशित

ओमप्रकाश गुप्ता , । प्यूठानमा अामाले अाफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन् । जिल्लाको सरुमारानी – १ बाङ्गेसाल बस्ने अन्दाजी ४० वर्षीया माया अधिकारीले आफ्नै ३ बर्षीया छोरी आयुस्मा अधिकारीको घाँटी थिचेर हत्या गरेको स्थानियले बताएका छन् । मानसिक सन्तुलन बिग्रिएको बताइएकी उनले आईतबार सांझ छोरीको हत्या गरेको बताइएको छ । छोरीको हत्या गरेको अभियोगमा प्रहरीले अामालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

+ posts