मेघा फर्निचर उद्योगको आयोजनामा मास्क वितरण
 ९ कार्तिक २०७७, आईतवार

मेघा फर्निचर उद्योगको आयोजनामा मास्क वितरण

   १ भाद्र २०७७, सोमबार १३:११ प्रकाशित

मधुसुदन पोख्रेल
भदौ १ सोमवार
प्यूठानमा तापाइको मास्क खै कार्यक्रमले तिव्रता पाएको छ । कोभिड १९ जोखिम न्यूनीकरण गर्नका लागि विभिन्न संघ सस्थाको आयो जना र जिल्ला प्रहरी कार्यालय प्यूठानको साझेदारीमा कार्यक्रमले तिव्रता पाएको हो ।

तपाइको मास्क खै कार्यक्रम अन्र्तरगत आज विजुवार बजारमा हिड्ने यात्रुहरुका लागि मास्क वितरण गरिएको छ । कोभिड १९ को जोखिमलाइ न्युनिकरण गर्ने र मास्क लगाउने बानीको विकास गर्ने उदेश्यले कार्यक्रम गरीएकाे मेघा फर्निचर उद्योग संचालक एवम उद्योग वाणिज्य संघ प्यूठानका सदस्य सुर्यचन्द्र खनाललले जानकारी दिए कार्यक्रममा इलाका प्रहरी कार्यालय विजुवारको समोन्वयमा रहेकाे थियाे ।

कोभिड् १९ को संक्रमण बढेसंगै जिल्लामा यसको रोगथाम गर्नका लागि तपाइको मास्क खोइ कार्यक्रमलाइ निरन्तरता दिदै जिल्ला प्रहरी कार्यालय प्युठान संग समन्वय गरि सर्जीकल मास्क वितरण गरेको खनालले बताए । कोरोना रोकथाप तथा न्यूनीकरणमा तप सहयोग मिलोस भनी मास्क वितरण गरेको खनालको भनाइ छ।
विभिन्न संघ सस्थाहरुको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सझेदारीमा कार्यक्रम प्रभावकारी भएको जिल्ला प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले बताए । कोरोना जोखीम बढेकोले अनीवार्य मास्क प्रयोग गर्न जिल्ला बासी नागरीहरुलाइ कार्किले आग्रह समेत गरेका छन ।
मित्रमणि चोकमा भएको मास्क वितरण कार्यक्रममा प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , प्रहरी प्रमुख , ससस्त्र प्रहरी प्रमुख , अनुसन्धान आयोग प्यूठानका प्रमुख पत्रकार र स्थानीयहरुको समेत उपस्थीत रहेको थियो ।

+ posts