होटल व्यवसायी संघ प्यूठान द्धारा प्रमुख जिल्ला अधिकारी भुसाललाई स्वागत
 १३ कार्तिक २०७७, बिहीबार

होटल व्यवसायी संघ प्यूठान द्धारा प्रमुख जिल्ला अधिकारी भुसाललाई स्वागत

   १ भाद्र २०७७, सोमबार १३:५६ प्रकाशित

मधुसुदन पोख्रेल
भदौ १ सोमवार
प्यूठान, होटल व्यवसायी संघ प्यूठानले केहिदिन अगाडि प्यूठानमा आएका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई स्वागत गरेको छ । भुसाल ललितपुर जिल्लामा सहायक सिडियो बाट सरुवा भई प्युठानमा प्रमुख जिल्ला अधिकारी भएर आएका थिए । प्रमुख जिल्ला अधिकारी भुसाललाइ व्यवसायिको सभाहलमा जुम्रीमा एक कार्यक्रम गरी सोमवार व्यावसायिले स्वागत गरेका हुन ।

कोभिड १९ का कारण व्यवसायिहरु थला परेको अवस्थामा व्यवसायिलाई सरल र सहज ढंगवाट काम गर्ने बातावरण मिलाउने भुसालले बताएका छन । अर्थतन्त्रको मुख्य आधार भनेको होटल व्यवसायि भएकाले सहकार्यमा छलफ गरी अगाडि बढ्ने भुसालले बताएका हुन । होटल व्यवसायिहरुले गलत कृयाकलाप सुधार गर्दै जानु पर्ने उनले बताएका छन । तेस्तै भुसालले व्यवसायि पैसा कमाउने मात्र नभएर सेवा गर्ने पनि माध्ययम भएकाले ग्राहकका लागि गुणस्तरीयतामा पनि ध्यान दिन आग्रह गरेका छन । कोभिडका कारण धरासयमा परेका व्यवसायिलाई सहज र सरल ढंगबाट सहकार्य गर्न आफु तयार रहेको पनि भुसालले बताए ।

कार्यक्रममा केहिदिन अगाडि प्यूठान आएका अनुसन्धान आयोग प्यूठानका प्रमुख परम कोइराला,सस्त्र प्रहरी का डि एसपि यज्ञ बहादुर बस्नेतलाइ समेत स्वागत गरेको छ । कार्यक्रमम जिल्ला प्रहरी प्रहरी प्रमुख नरेन्द्र कुमार कार्की होटल व्यवसायि पत्रकार लगाएतको उपस्थीति रहेको थियो ।

+ posts