बंगलाचुली गाउँपालिका ५ मुर्कुटिमा पञ्चमी मेला नलाग्ने
 ५ कार्तिक २०७७, बुधबार

बंगलाचुली गाउँपालिका ५ मुर्कुटिमा पञ्चमी मेला नलाग्ने

   १ भाद्र २०७७, सोमबार १४:०९ प्रकाशित

गीता गौतम
भदौ १ प्युठान
यस वर्षको हरितालिका तिज पछिको पञ्चमिमा बंगलाचुली गाउँपालिका ५ मुर्कुटिमा पञ्चमि मेला नलाग्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमलाई मध्यनजर गर्दै मेला नलगाउने निर्णय गरिएको हो ।
वडा नं.-५ को वडा कार्यालयको बैठक मार्फत मुर्कुटि बजारमा पञ्चमिका दिन मेला नलगाउने निर्णय गरिएको बंगलाचुली गाउँपालिका वडा नं.-५ का अध्यक्ष ऐनुराज खत्रीले बताउनु भयो । प्युठानको सिमाना क्षेत्र नजिकै रहेको मुर्कुटी बजारमा परापुर्वककाल देखि हरेक वर्षको पञ्चमिका दिन ठुलो मेला लाग्दै आएको थियो । उक्त मेलामा मेला हेर्नको लागि दाङ जिल्लाका साथै प्युठान जिल्लाबाट पनि धेरै मानिसहरु मेलामा सहभागी हुने गर्दथे । यस बर्ष भने काेभिड – १९ को कारणले गर्दा कसैले पनि मेला नलगाउन तथा कहिबाट पनि मेला हेर्नका लागि नआउन सबैलाई अपिल समेत गरिएको छ ।
यसैविच उद्योग वाणिज्यसंघ बंगलाचुली शाखाले समेत पञ्चमि मेलामा नलगाउन सबै व्यवसायीहरुलाई अनुरोध गरेको छ । उद्योग वाणिज्यसंघ बंगलाची शाखाले सबैलाई यस्तो अनुरोध गरेको हो ।
कोरोना भाईरसको जोखिम उच्च रहेको भन्दै मेला नलगाउन अनुरोध गरिएको उद्योग वाणिज्य संघ बंगलाचुली शाखा अध्यक्ष रुक प्रसाद पुलामीले बताउनु भयो ।

+ posts