अति अावाश्यक काम बाहेक अरु बन्द गर्ने वडाकाे निर्णय
 १३ कार्तिक २०७७, बिहीबार

अति अावाश्यक काम बाहेक अरु बन्द गर्ने वडाकाे निर्णय

   २ भाद्र २०७७, मंगलवार ११:०७ प्रकाशित

गीता गौतम
भदौ -२ मंगलबार प्युठान

माण्डवि गाउँपालिका वडा न २ को कार्यालयले आज देखि वडा कार्यालयमा अति आवश्यक काम बाहेक अनावश्यक भिडभाड नगर्न ,कार्यालयमा प्रवेश गर्दा र घर बाहिर हिडडुल गर्दा अनिवार्य रुपमा मास्क लगाउन आवहान् गरेको छ । साथै नजिकिदै गरेको महिला तथा दिदिबहिनिहरुको हरितालिका तीजको दिन धेरै मानिसहरु जमघट नहुन र सोही दिन एउटा टोल बाट अर्को टोल नजान पनि आग्रह गरेको छ । वडा न २ को कार्यालय मार्काबाङ्गले आज बसेको बैठक मार्फत उक्त निर्णय गरेको हो ।
हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभीड – १९ ) को कारण अहिले विश्व नै त्रसित बनिरहेको हुँदा अहिले प्युठानमा पनि पछिल्लो अबस्थामा संक्रमितको दर वढ्दै गएकोले यस महामारिको समयमा आफू र आफ्नो घर परिवारका साथै देशलाई संक्रमण मुक्त बनाउनको लागि सबै नागरिकको उतिकै महत्व रहेको छ । । तसर्थ यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै संक्रमणको दर नफैलियोस भनी कार्यालयले यस्तो निर्णय गरेको वडा न – २ का वडा अध्यक्ष तुल बहादुर थापाले जानकारी दिनु भयो ।

+ posts