प्युठानमा बदेलकाे आक्रमणबाट एक युवा घाईते
 ५ कार्तिक २०७७, बुधबार

प्युठानमा बदेलकाे आक्रमणबाट एक युवा घाईते

   ३ भाद्र २०७७, बुधबार ०७:४६ प्रकाशित

अावाज पाेष्ट
बुधवार,भाद्र ३
प्युठान ।
प्युठानमा बदेलको आक्रमणबाट एक युवा घाईते भएका छन् । स्वर्गद्धारी नगरपालिका वडा नं ७ सोत्रेका ३६ वर्षिय युवराज खत्री आज बिहान आफ्नै घर पछाडी रहेको बारीमा मकै हेर्न गएको अवस्थामा बदेलले आक्रमण गरी घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
खत्रीलाई बाँया हातमा बदेलले टोकेर घाईते बनाएको हो । घाईतेको प्राथमिक स्वाथ्य केन्द्र भिग्रीमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा तर्फ पठाईएको प्रहरी प्रमुख कार्कीले बताए ।

+ posts