अावाज पाेष्ट
भदाै ३ बुधवार प्यूठान
जिल्लाको प्युठान नगरपालिका वडा नं १० हाडीगैराका सुदन जिसीको ढुंगामाटोले बनेको दुई कोठे गोठ भत्कीएर नजिकै कुखुरा पालेको गोठे पुरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
जिसीको गोठ पहिरोले पुरिदा करिब ८ लाखको क्षती भएको प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए । जिसीको ६० वटा कुखुरा र एक वटा भैसीको पाडो पुरेर मरेको प्रहरीले बताएको छ ।