प्युठानमा काेराेनाले एक पुरुषकाे मृत्यु
 ११ कार्तिक २०७७, मंगलवार

प्युठानमा काेराेनाले एक पुरुषकाे मृत्यु

   ५ भाद्र २०७७, शुक्रबार ०४:०९ प्रकाशित

अावाज पाेष्ट
भाद्र ५ शुक्रबार

प्यूठान, कोभिड–१९ का कारण प्यूठानमा एक जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ सोत्र निवासी ६४ वर्षीय एक पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी एवं कोभिड १९ फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।

साउन ३२ गते कोभिड पोजेटिभ देखिएपछि उनलाई कोभिड हस्पिटल बुटवलमा उपचारका लागि रिफर गरिएको थियो । मृत्यु भएको व्यक्तिलाई मधुमेह, रक्तचाप लगायतको समस्या रहेको समेत उहाँले बताउनुभयो ।मृतक सुगर र प्रेसरका बिरामी समेत थिए ।

+ posts