हराए पुराना भाका , तिजमा सुनसान बन्यो गाउँ ।। भिडियाे सहित ।।
 ९ कार्तिक २०७७, आईतवार

हराए पुराना भाका , तिजमा सुनसान बन्यो गाउँ ।। भिडियाे सहित ।।

   ९ भाद्र २०७७, मंगलवार ०७:५४ प्रकाशित

मधुसुदन पोख्रेल
भदौ ९ मंगलवार
प्यूठान, बेलकी दर खाएर ढलक ढलक नाच्थ्यौँ दिदि बहिनी जम्मा भएर दुख सुख र बेदनाका गित गाउँथ्याँै खै तिनी गित कहाँ गए खै काहा गयो पुरानो संस्कृती ? यो प्रस्न हो,प्यूठान नगरपालिका ६ माझकोट जुम्लीधारा निबासी बालिका पोख्रेलको ।
भदाै ५ गते तिजको दिन थियो ८२ वर्षे बालिका पोख्रेल आफ्नो घरको आगनमा बसेर तिजको दिन आफ्नी नन्द संग यस्तै कुरा गरीरहेकी थिइन । उनले भनिन हामीले गाउँने ति लहरे भाका अवका पिडिले जान्दैनन । जमना के आयो आफै गित गाउँदैनन डेग बजाएर हा हा र हो हो गर्छन संकृतिमा छाडा पन भित्रीयो पोख्रेलले भनीन । उनले थपिन “ पुरानो रितिथिती मौलिक संकृति हराउने सम्भावना भयो यस्ता मौलिक गित जोगाउन अव युवाहरु कस्सीन पर्छ ।

हिन्दु नरीहरुले मनाउने मुख्य पर्व हरितालिका तिज महिलाहरु जम्मा भएर गित मार्फत दुख पोख्ने माध्यम थियो तिज पर्व तर पछील्लो समयमा मौलिकता हराइ पश्चिमा सस्कृतिले ठाउँ लिई सकेकोछ । पोख्रेलले भने जस्तै मौलिक संकृतिमा विकृती आउन थालेको जानकारहरु बताउछन । पुराना संकृतिहरु मौलिक परमपरा हराउनुको कारण युवाहरुमा जागर मर्नु र परमपराका मौलिक संकृतिलाई नागरीकले चासो नहुनुले पनि मौलिकता हराउन थालेको हो । गाउँघरमा हुने परमपरागत मादल बाजाजस्ता बाध्यबाधन लोप भई आधुनिक प्रविधीको विकासले पनि मौलिक संकृति हराउन थालेको जानकारहरुको बुझाई छ । मौलिक संकृति जोगाइ राख्न पुराना पाकाले गरेका गतिविधीहरु र चलनहरुलाई युवा पिडिले जागाइ राख्न चासो दिन आवाश्यक छ ।
सुनसान बन्यो गाउँ तिजमा
पोहोरको तुलनामा यो सालको तिज सुनसान बन्यो । कोभिड १९ को महामारीका कारण यो सालको हरीतालिका तिज रमझम हुन सकेने । महिलाहरुले बर्त बसी पुजा आजा गर्ने मन्दीर पनी सुनसान देखीए । आफ्नै घरमा वर्त वसी पुजा गरेका कारण मन्दीर सुनसान बनेका हुन । ऋषि पन्चमीका दिन महिलाहरु गर्ने वर्त र पुजा पनि गाउँमा खासै देखिएन । प्यूठान नगरपालिका ६ धर्मावती मावि विद्यालयको पराङगणमा हरेक साल ऋषि पन्चमी पुजा गर्ने महिलाहरुको र मेला भर्नेहरुको भिड हुन्थ्यो तर यो साल कोभिडका कारण स्थानीय सरकारले घरमै तिज मनाउ आग्रह गरे पछी सुनसान देखिएको हो । कोभिडको डर फैलिए पछी नागरीकमा पनी भिडभाड गर्नुहुन्न भन्ने मानषिकता बसेकाले कतै मेला लागेनन भिडभाड पनि खासै देखीएन ।
पहिले स्वास्थ्य बचौँ अनी रामाइलो गरौला कोभिडको जोखिम बढेकाले अतिआवाश्यक काम बाहेक बाहिर ननिस्कौ । आवाज पोष्ट परिवार

+ posts