प्यूठानमा थप १८ जना कोरोना संक्रमित थपिए
 ५ कार्तिक २०७७, बुधबार

प्यूठानमा थप १८ जना कोरोना संक्रमित थपिए

   ९ भाद्र २०७७, मंगलवार १२:३६ प्रकाशित

मधुसुदन पोख्रेल
मंगलबार भदौ ९ प्यूठान
प्यूठानमा मंगलबार थप १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्युठानका विभिन्न क्वारेन्टाईन भित्र रहेका १८ जनाको रिपोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
संक्रमितहरु नैबहिनी गाउँपालिकाका ६ जना , ऐरावती गाउँपालिकाका ९ जना र स्वर्गद्वारी नगरपालिकाका ३ जना गरी १८ जनामा काेराेना पुष्टि भएकाे िजल्ला स्वास्थ्यकार्यालयले प्यूठानले जनाएको छ । संक्रमित २ देखी ६१ बर्ष उमेर समुहका, १ महिला १७ पुरुष) रहेको बताइएको छ । दउसो ४ जना संक्रमीत थपिएका थिए यो संगै जिल्ला भर कुल सन्क्रमित ४३५ भएको र जिल्लामा सकृय सन्क्रमितको संख्या ६० छ सक्रमितहरुको जिल्लाको विभिन्न आइसुलेसनमा उपचार भैरहेको र विरामीको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

+ posts