खहरेखाेलाले घर गाेठमा क्षति
 ९ कार्तिक २०७७, आईतवार

खहरेखाेलाले घर गाेठमा क्षति

   १० भाद्र २०७७, बुधबार १२:०९ प्रकाशित

रमेश गरी भदाै १० बुधवार ,प्युठान अविरल बर्षाकाे पानीकाे कारण अाएकाे खाेलाले पाँच घर डुवानमा परेका छन् ।
बुधवार दिउँसो परेकाे अविरल बर्षाले प्युठान नगरपालिका वडा न ९ मरन्ठाना ददेरी निवासी बिक्रम अधिकारीकाे घर गाेठमा खहरे खाेला पसी गाेठमा रहृेका २ वटा भैंसी, ६ वटा बाेकालाई ददेरीले पुरेकाे छ । ठुलाे पानी परेकाे र एक्कासी खाेला घर गाेठमा पसेे पछि स्थानीयहरूकाे पहलमा अाधा शरिर डुबेर घाईते अवस्थामा रहेका भैंसी र बाेकालाई निकालिएकाेे थियाे । खाेरमा रहेका १५/२० वटा कुखुराहरू का साथै हासँहरूलाई पनि भलले बगाई लगेकाे विक्रम अधिकारीकी श्रीमतीले जानकारी गराउनु भयाे । त्यस्तै अधिकारीकाे घरमा रहेकाे पसलमा पनि भल पसेर हजाराैका सामानहरूलाई क्षति पुराएकाे छ । घरकाे तल्लाे तला जलमग्न छ भने गाेठ , खाेर शाैचालय पुरै पुरेकाे छ । घरकाे वरिपरि ददेरीले भरीएकाे छ । त्यस्तै गरि नर बहादुर केसी पक्की घरमा पनि भल पसेर तल्लाे तला पुरै पुरेकाे छ । केसीकाे पसलमा भल पसेर हजाराै रूपैया बराबरको मालसामानलाई क्षति पुगेकाे छ । भलले केशमान सुनार र गाेर बहादुर भण्डारीकाे घरमा पनि क्षति पुराएकाे छ । अाज परेकाे अविरल वर्षा सँगै अाएकाे भलले मरन्ठाना ददेरीमा मात्रै लाखाै रूपैया बराबरकाे क्षेति भएकाे छ । प्युठान नगरपालिका वडा न. ९ का वडा अध्यक्ष नेहरसिंह केसी, वास कार्यक्रमका संयाेजक ईन्द्रमणी पाेख्रेल , इन्जिनियर बिरेन्द्र कुवँर , सव इन्जिनियर बिष्णु गिरी , सव इन्जिनियर भिमकान्त पाेखेल , सव इन्जिनियर विकास केसी लगायतका प्राविधिक टिमहरू पनि घटनास्थलमा पुग्नु भएकाे थियाे । एक्कासी परेकाे अविरल वर्षाका कारण धेरै स्थानमा खाेलाे र पहिराेले क्षति पुराएकाे छ ।

+ posts