बालकको उपचारका लागि सहयोग जुट्दै
 ९ कार्तिक २०७७, आईतवार

बालकको उपचारका लागि सहयोग जुट्दै

   १२ भाद्र २०७७, शुक्रबार १०:४४ प्रकाशित

अावाज पाेष्ट
भदाै १२ शुक्रवार
प्यूठान, माण्डवी गाउँपालिका वडा नं. १ तिराम निवासी दुई बर्षिय थारुप थापामगरको समाचार सम्प्रेषण गरेपछि उनको उपचारको लागि बिभिन्न सहयोगीदाताहरुको सहयोगमा रकम जुटिरहेको छ।
जिल्ला अस्पतालको बहिरंग विभागको बेड नं. २ मा रहेका बिरामी बालकलाई शुक्रबार बुटवल पठाईएको छ। मेनिन्जाइटिस( दिमागको ज्वरो)ले अचेत बालकलाई बुटवल अस्पतालमा केहि उपचार पछि भैरहवा मेडिकल कलेज रुपेन्देहि लगिएको छ।
अस्पतालले जिल्ला बाहिर पठाउन भनेपछि आर्थिक अभावका कारण आमा निकै तनावमा परेर बिहिवार राति २ बजे जिल्ला अस्पताल बिजुवारबाट सम्पर्कबिहिन भएकी छन्। उनको जिल्ला प्रहरी कार्यालय प्यूठानले खोजिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डि.एस.पि नरेन्द्र कार्कीले जानकारी दिनुभयो। हेर्नुहाेस भिडियाे

आमा भाईलाई छोडेर गएपछि बिरामी बालककी दिदी लक्ष्मी थापामगरले अचेत बालकलाई रुदैरुदै घर लैजाने तयारीमा थिईन्। आर्थिक अभावका कारण उनले डा. सुनिल सुनारलाई पैसा नभएका कारण घर लैजाने भनेपछि डाक्टरले आफैले औषधी किनेर उनलाई भर्ना गरि हामीलाई खबर गरेका थिए। सिखबर डट.कम अनलाईनका सम्पादक तथा लिस्ने जनसञ्चार साप्ताहिकका कार्यकारी सम्पादक नोमराज पौडेल, झिमरुक मिडिया नेटवर्कका अध्यक्ष तथा पत्रकार महासंघ प्यूठानका सहसचिव हरि भण्डारी लिस्ने जनसञ्चार साप्ताहिकका ब्यवस्थापक बोम बहादुर परियार सहितको पत्रकारहरुको टोलीले अस्पताल पुगी उनको बिषयमा बिहिबार बेलुका समाचार सम्प्रेण गरेको हो।
समाचार सम्प्रेषण पछि बालक थारुप थापामगरको उपचारको लागि निम्न अनुसारको ब्यक्तिहरुले सहयोग गर्नुभएको छ।
१) माण्डवी गाउँपालिकाले बच्चालाई लैजानको लागि एम्बुलेन्स खर्च तथा नगद रु २०,०००।
२) बेलायतबाट इशा गुरुङले रु १०,०००।
३) जापानबाट समाजसेवी सपना पाण्डेले रु ११३०६।
४) कतार रहनुभएका प्यूठान नगरपालिका ७ प्यूठान निवासी पारस नेपालीले रु १०,०००।
५) सिदार्थ बैंक बिजुवार जुम्रीका कार्यरत दिपक कार्की, निक्की केसी, मनिषा धामी, बिष्णु टण्डन क्षेत्री , झरना पुनबाट संयुक्त रुपमा रु ५०००।
६) मल्लरानी गाउँपालिका वडा नं. ४ कसेरी निवासी राधिका शाह ठकुरीबाट रु २०००।
७) मल्लरानी गाउँपालिका वडा नं. २ चुजाँ निवासी इमान सिंह राहुँमगर रु २५००।
८) मल्लरानी गाउँपालिका वडा नं. ३ मुण्डाडाँ निवासी हाल कोरियाबाट बासुदेव अधिकारी रु २५००।
९) बेलजिएम रहनुभएकी एसु थापाबाट रु ५०००।
१०) झिमरुक गाउँपालिका निवासी कुसुम सावतबाट रु ५०००।
११) मल्लरानी गाउँपालिका ३ मुण्डाडाँ निवासी हाल नयाँदिल्ली भारत यान्सीआर गुल्गाउन देखि भरत के.सीबाट रु ५०००।
१२) पि.डि. मल्टिप्रपोज प्रा.लि. माण्डबी गाउँपालिका ३ का संचालक पुर्ण प्रसाद कालाथोकीबाट रु ३१००।

+ posts