ठेगान बिनाकाे गन्तव्य ः मेरो जीवन लघुकथा भाग १
 ५ कार्तिक २०७७, बुधबार

ठेगान बिनाकाे गन्तव्य ः मेरो जीवन लघुकथा भाग १

   १४ भाद्र २०७७, आईतवार १४:२० प्रकाशित

लेखक ः मधुसुदन पोख्रेल

एक रात मलाई रात भर निद्रा लागेन निद्रा पनि कसरी लागोस जता जादा पनि साहुको कच कच बा आमालाई तनाव यो अवस्था देखेकेर म सारै चिन्तीत थिए । घरको अवस्था देखेर मलाई सारै चिन्ता पर्यो यहि चिन्ताले मलाई रात भर निद्रा परेन । सुत्छु भन्छु मनमा अनेक थरी कुरा मात्र खेल्छन यि कुराहरु कैले के बन्छन कैले के बन्छन मनमा खेलेका कुराले मलाइ सारै सतायो जनतन कुरा खेलाउदै त्यो अवस्थालाई छिचोल्दै एकै छिन झपक्क निदाउन लागेको रहेछ विहान भैसकेछ भाले बास्न थाल्यो आखा जागिहाले विहानको चार बजेको थियो । म जारकजुरुक उठे र ढोका खोले ।
बा र आमा सुत्ने कोठामा गएर आमालाई उठाए आमा म सहर जान्छु आमा “हैन तलाइ उज्यालो नहुदै किन जानु पर्यो सहर भन्दै रिसाउन थाल्नु भयो । मैले किन मान्थे मलाई घरको बाध्यता र परिस्थीतिले रात भर नसुतेको कुरा आमालाई केथा ।
मेरो छोरलाई जसरी पनि पढाउनु पर्छ भन्ने बा आमाको मनमा थियो तर मलाई पढाउनका लागि बा आमा संग आर्थिक अवस्था थिएन जन तन मलाई एस एल सी त पढाउनु भयो । छोरालाई कक्षा ११ मा भर्ना गराउनका लागि पल्लाघरका मुखिया संग ऋण माग्न जानु भएकी आमालाई मुखीयाले थर्काएको मैले बाहिर बाट सुनेको थिए । आमालाई गालि गरेको शव्द मेरो दिमागमा नराम्रो बनेर बसी रहेको थियो । मैले भने आमा म झोला सत्ताउन गए हिजको भात तताउनु म एक छिनमा आउछु म छिटै जानु पर्ने छ फेरी साथीहरुले छाडेर जान्छन भन्दै म मेरो कोठामा गए ।मेरो मन खुसी कहा थियो र भएका थोरै कपडा झोलामा राखे अनी आमाले तताउनु भएको भात खाएर म घरबाट मन भक्कनाउदै निस्के……

विहानको झिसमिसेमा गाउँकाले देखे भने के भन्ने हुन भन्दै म हतार हतारमा गाउँ छाडि सहर जाने बाटोमा पुगे । जव म गाउँ बाट भविश्य खोज्न र भविश्य उज्जल बनाउने सपना बोकी झुत्रे कमिजि पछाडी टालो राखेको जागे र फाटेको झोला बोकी धागोले फिता बानेको चप्पल लगाई बाटोमा हिड्दै सहर झरी रहेको थिए ।
गर्मिको समय थियो निदार भरी पसीना तिर्खाले प्याक प्याक परेको मन हिड्दा हिड्दै थाकेको मेरो शरिरको थकान मेटाउन म पिपलको फेदमा सितल खादै बसेको थिए । उता बाट दुइ जना मोटा मोटा मान्छे आएर मलाइ भन्न थाले “ओए केटा तेरो घर कहा हो किन यहा बसेको छस के छ यो झोलामा” भन्दै मेरो झोला खोले झोलामा दश रुपैया थियो त्यो पनि चुरोट खान हुन्छ भन्दै मलाइ हप्काउदै एक लात हानेर उनिहरु तेहाबाट गए । म घर नछाडेको मान्छे सुनसान त्यो ठाउमा के भन्ने चुप लागेर केहि भनिन र बोल्न पनि सकिन । भोक लागेको समयमा केहि किनेर खान हुन्छ भनी राखेको त्यो पैसा पनि पटाहाले लगे पछी म के गर्ने । समयले मध्य दिन काटि सकेको थियो भोक लागेर खुट्टा लुला हुन लागेको थिए । तिर्खाले प्याकुल अवस्थामा रहेको बेला हिड्दा हिद्दा खोला भेटे खोलामा पुगे पछी पेट भरी पानी पिएर म त्यहाँबाट आफ्नै तालमा हिडे ।
सहर आउन अव धेरै समय थिएन करीव करीव दूइ घण्टा जती थियो सहर आउन । हिड्दै थिए विस्तारै साझ पर्न थाल्यो । उमेरले काचै म त्यत्ती सोच्ने पनि कहा भएको थिएर । सहर पनि नजिक नजिक आउदै थियो साझ पनि छिप्पीदै थियो म सहरको त्यो कोलाहल ठाउमा गाडिका अनेक थरी आवाज आउने त्यो विरानो ठाउमा पुगे । विहानै बासीभात खाएर घरबाट निस्केको म भोकले प्यक प्याक परेको थिए । के खाने कहा जाने कहाँ बस्ने कुनै ठेगान नभएको म एउटा चौपारी देखे र तेहा गएर मन गाठो पार्दै आखामा टिलटिल आसु झार्दै आमाले भनेको संझे “बाबु भरे छिट्टै आएस है रात नपारेस ” ……।( निरन्तर भाग २ मा सल्लाह सुभवका लागि संम्पर्क ९८६६९१४७११ )

+ posts