जन्मदिनमा विपन्न परिवारलाई पत्रकार पोख्रेलको सहयोग
 ९ कार्तिक २०७७, आईतवार

जन्मदिनमा विपन्न परिवारलाई पत्रकार पोख्रेलको सहयोग

   १६ भाद्र २०७७, मंगलवार १७:०३ प्रकाशित

हेमन्त पाठक
भदाै, १६ मंगलबार
प्यूठान , मान्डवी गाउँपालिका ३ नयागाउँका एकराज अधिकारिको परिवारलाई पत्रकार पोख्रेलले सहयोग गरेका छन । रेडियो स्वर्गद्वारिका स्टेसन म्यानेजर बिमल प्रसाद पोख्रेलले आफ्नो ३१ औ जन्मदिनको अवसरपारि विपन्न परिवारलाई सहयोग गरेका हुन । जन्मदिनको अवसरमा पोख्रेलले विपन्न परिवारमा केहि राहात मिलोस भनी ५० केजि चामल,२ केजि नुन , १ केजि तेल , र एक एक दर्जन कपि कलम दिएका हुन ।
माण्डवी गाउँपालिका नयाँगाउँका अति विपन्न अधिकारिको परिवारलाई आफुले फजुल खर्च गर्नु भन्दा विपन्न परिवारमा छाक टरोस भनी सहयोग गरेको पोख्रेलले बताए ।“ म गरीव र विपन्न परीवारको साथमा सधै छु यो अवस्थामा थोरै भए पनी उहाँहरुलाई सहज हुने छ । ” पोख्रेलल भने ।

अधिकारी परिवारमा श्रीमान श्रीमती दुवै बोल्न सक्दैनन । उनीहरुका २ छोरा र एक छोरी छन । जेठो छोरा कक्षा आठमा कान्छो कक्षा छ मा र छोरी दुई कक्षामा पढ्छन । जन्मजात नै बोल्न नसक्ने भएकाले परिवारमा समस्या देखिएको छिमेकी यादव अधिकारिकारीले बताए । दैनिकि ज्याला मजदुरीगरी गरि परिवारको जिविकोपार्जन गर्ने गरेको उनको भनाइ छ । दम्पतीहरुका लगि आज भोलि कतै काम पनि भेटिएको छैन । बन्दाबन्दिका कारण गर्न सक्ने काम पनि नपाउदा छाक टार्नका लागि पनि समस्या देखिएको अधिकारिको भनाई छ । “बन्दाबन्दी हुदाँ बित्तिकै गाउँपालिकाले केही राहत त दिएको थियो तर त्यो १० दिनलाई पनि पुगेन आज भोलि छिमेकिहरुले केहि सहयोग गरिरहेका छौ” उनले भने । घरमा दुई महिनाका लागि पनि खाने खर्च पुग्दैन बाँकि ज्याला मजदुरि गरि खाने गरेका छन आज भलि उनीहरु निकै समस्यामा रहेको अधिकारिको भनाई छ ।
विपन्न अधिकारिको परिवार आफनै भाइ को घरमा बसिरहेका छन ।सामान्य कुरा लेखेर दिए पछी एकराज बुझ्छन र लेखेर उत्तर दिन्छन । अधिकारिको दम्पती दुवै बोल्न नसक्दा छोरा छोरीका लागि गाउँमा सारै समस्या भएको छ । उनका छाराले गाउँमा सामान्य कुरामा पनी लाटालाटिको छोरा भन्दा मन दुख्ने गरेको बताए । विद्यालयले निशुल्क भर्ना लिए पनी अनेक थरि शिर्षकमा रकम उठाउने गरेको स्थानियहरु बताउछन । स्थानीय यादव अधिकारीका भने हामै्र पहलमा विद्यालयमा एक जनालाई निशुल्क पठन पाठनको व्यवस्था गरेका छा,ै अब तिनै जनाका लागि हाम्रो पहल रहने छ ।
यस्ता विपन्न परिवारकालागि पालिकाले गम्भीर भएर सोच्नु पर्ने देखिन्छ । अनेक थरि शिर्षकमा गाउँपालिकाले रकम विनियोजन गरेको हुन्छ । विनियोजन रकम दुख पाएका नागरीकका लागि खर्च गर्न सके पनी स्थानियले सिहंदरवार गाउँमा आएको महसुस गर्न पाउनेछन यस्ता विषयमा पालिकाले चासो राखे विपन्न परिवारमा खुसीको राहत हुने स्थानियको बुझाइ छ ।

+ posts