प्युठानमा काेराेनाका कारण एक पुरुषको मृत्यु
 १३ कार्तिक २०७७, बिहीबार

प्युठानमा काेराेनाका कारण एक पुरुषको मृत्यु

   १८ भाद्र २०७७, बिहीबार ०४:०१ प्रकाशित

गिता गाैतम भदाै,१८ प्युठान

प्युठानका कोरोना संक्रमणका कारण थप एक जना पुरुषको मृत्यु भएको छ । प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नं ७ का ५८ वर्षिय पुरुषको गौतम बुद्ध अस्पताल बुटवलमा उपचारको क्रममा गएराती १०:३० बजे मृत्यु भएको जिल्ला
स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी एवं कोभिड १९ फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाइ उपचारका लागि भदौ १० गते बुटवल लगिएको थियो । उपचारका क्रममा भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको थियो । मृतक पुरुषमा जन्डिस, फोक्सोको समस्या रहेको श्रेष्ठले बताए । यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो । यससंगै प्युठानमा काेराेना संक्रमितका कारण मृत्युु हुनेकाे संख्या दुई पुगेकाे छ।

+ posts