थारुप थापा मगरकाे उपचारमा लागेकाे खर्चकाे विवरण सार्वजनिक
 ११ कार्तिक २०७७, मंगलवार

थारुप थापा मगरकाे उपचारमा लागेकाे खर्चकाे विवरण सार्वजनिक

   १८ भाद्र २०७७, बिहीबार ०९:५४ प्रकाशित

अावाज पाेष्ट
भदाै १८ विहिवार प्युठान
माण्डवी गाउँपालिका १ तिराम थक्लेनीका थारुप थापा मगरको उपचारका लागि संकलन भएको रकम सार्वजनिक गरिएको छ । थारुप थापा मगरको उपचारको क्रममा भदौ १४ गते बुटवल आम्दा अस्पतालमा मृत्यू भएको थियो । आर्थिक अवस्थाका कारण उपचार हुन नसेपछी सिखवर डटकम लिस्ने जनसंचार साप्ताहिक,आवाजपोष्ट डटकम लगाएत विभिन्न संचार माध्यममा समचार आए पछी देश तथा विदेसमा रहनु भएका नागरीकहरुवाट सहयोग रकम संकलन भएको थियो ।थापाको उपचारका लागि उठेको रकमको आज एक विज्ञपती मार्फत सिखवर डटकमले सार्वजनीक गरेको छ वग्तव्वमा भनिएको छ ।
जिल्ला अस्पत्ताल प्यूठानमा आर्थिक अभावका कारण उपचार नपाएर अलपत्र परेका २ वर्षिय वालक थारुप थापामगरलाई वचाउने हाम्रो प्रयास असफल भएको छ । मृतक बालक थापाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछौ।
www.ckhabar.com मा पत्रकार दिपा घर्तिले समाचार लेखेपछी आर्थिक अभावका कारण कसैको मृत्यु नहोस भन्ने मानविय सोचले हामिले थालनि गरेको सहयोग अभियानमा दिल निशानी मगर, इशा गुरुङ, सपना पाण्डे, निराजन लामिछाने, हरि भण्डारी लगायतका देश विदेशमा रहनुभएका मानवियता र परोपकारी सोचका व्यक्तित्वहरुवाट सहयोग प्राप्त भयो। परिवारका कुनै सदस्यको वैंक खाता नरहेको, आमा सम्पर्कविहिन भएपछी परिवारका अरु सदस्यको परिचयपत्रको अभावमा रेमिट्यान्सवाट समेत पैसा निकाल्न समस्या रहेको अवस्थामा हामिले हामिमार्फत सहयोग गर्ने मिलाएका थियौँ। संभव भएका दाताहरुले परिवारमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गर्नभएको छ भने टाढा रहनुभएका सहयोगदाताले हामिमार्फत सहयोग पठाउनु भएको छ। परोपकारी कामका लागी संकलन गरिएको आर्थिक सहयोग रकमवारे सवैको जानकारीकालागी यो विवरण सार्वजनिक गरिएको छ।
हामिलाई कुल ६७,५६१ प्राप्त भएको, संभव भएका दाताहरुवाट परिवारलाईनै भेटेर रु ३१,१०० हस्तान्तरण गरिएको साथै दाताहरुवाट घोषणा भएकोमा वालकको मृत्युपछी सहयोग रकम संकलन स्थगित गरिएका कारण रकम नलिईएको रकम रु ९,५०० गरि कुल १,०८,१६१ को पुर्ण विवरण यसप्रकार रहेको छ।

+ posts