CA पदम भट्टराईले गरे एकराजकाे घरनिर्माणमा सहयाेग
 ५ कार्तिक २०७७, बुधबार

CA पदम भट्टराईले गरे एकराजकाे घरनिर्माणमा सहयाेग

   १८ भाद्र २०७७, बिहीबार १३:२० प्रकाशित

बिमल प्रसाद पाेख्रेल
प्युठान ,भदाै १७
प्युठानकाे झिमरुक गाउपालिका ४ चुधाराफेदिमा जन्मनुभएका हाल काठ्माण्डाैमा अडिटर चार्टर्ड एकान्टेन्ट्स पेसामा अाबद्व सिए पदम भट्टराईले एकराज अधिकारी परिवारकाे घर निर्माणका लागि ( 10000 दशहजार )सहयाेग गर्नुभएकाेछ उहाकाे सहयाेगि भाबनाले यकराजकाे घर निर्माणमा थप सहयाेग प्रदान भएकाे छ। भट्टराईले अाफुले ब्यक्तिगतरुपमा दसहजार सहयाेग गर्ने र बागि संस्थागत सल्लाहगरि जानकारि गराउने रेडियो स्वर्गद्वारी एफ एम परिवारलाई जानकारि गराउनु भयाे।
अधिकारी परिवारमा श्रीमान श्रीमती दुवै बोल्न सक्दैनन । उनीहरुका २ छोरा र एक छोरी छन । जेठो छोरा कक्षा आठमा कान्छो कक्षा छ मा र छोरी दुई कक्षामा पढ्छन । जन्मजात नै बोल्न नसक्ने भएकाले परिवारमा समस्या देखिएको छिमेकी यादव अधिकारिकारीले बताए । दैनिकि ज्याला मजदुरीगरी गरि परिवारको जिविकोपार्जन गर्ने गरेको उनको भनाइ छ । दम्पतीहरुका लगि आज भोलि कतै काम पनि भेटिएको छैन । बन्दाबन्दिका कारण गर्न सक्ने काम पनि नपाउदा छाक टार्नका लागि पनि समस्या देखिएको अधिकारिको भनाई छ । “बन्दाबन्दी हुदाँ बित्तिकै गाउँपालिकाले केही राहत त दिएको थियो तर त्यो १० दिनलाई पनि पुगेन आज भोलि छिमेकिहरुले केहि सहयोग गरिरहेका छौ” उनले भने । घरमा दुई महिनाका लागि पनि खाने खर्च पुग्दैन बाँकि ज्याला मजदुरि गरि खाने गरेका छन आज भलि उनीहरु निकै समस्यामा रहेको अधिकारिको भनाई छ ।
विपन्न अधिकारिको परिवार आफनै भाइ को घरमा बसिरहेका छन ।सामान्य कुरा लेखेर दिए पछी एकराज बुझ्छन र लेखेर उत्तर दिन्छन । अधिकारिको दम्पती दुवै बोल्न नसक्दा छोरा छोरीका लागि गाउँमा सारै समस्या भएको छ । उनका छोराले गाउँमा सामान्य कुरामा पनी लाटालाटिको छोरा भन्दा मन दुख्ने गरेको बताए ।
अहिले यकराज एक्लैले घडेरी खनेकाछन खनेकाे घडेरि पनि जाेखिमा हुदा उपयुुक्त ठाउँ पहिचान गरि घरनिर्माणमा प्युठानका समाजसेबि ब्यक्तित्व हरि बस्नेत,पुर्ण कालाथाेकि,कृष्ण खड्का लगात पत्रकारहरुकाे टिम खटिरहेकाे छन सि ए पदम भट्टराई जस्तै अन्य सहयाेगि मनहरुमा सहयाेगकाे अपेक्षा गरिरहेकनछन।

+ posts