टिकटकद्धारा संकलित रकम मृगौला पिडित जिसीलाई सहयोग
 ५ कार्तिक २०७७, बुधबार

टिकटकद्धारा संकलित रकम मृगौला पिडित जिसीलाई सहयोग

   २८ भाद्र २०७७, आईतवार १४:०३ प्रकाशित

अावाज पाेष्ट

प्युठान,२८ भदौ । नेपाली हर्ट टिकटक गु्रपले शनिवार दुबै मृगौला पिडीत प्रकाश जिसीलाई २४ हजार २९९ रुपिँया सहयोग गरेको छ । बिगत डेढ वर्षदेखी दुबै मृगौला फेल भई वुटवलमा उपचार गराईराखेका जिसीलाई टिकटकद्धारा २ घण्टा होस्ट गरी संकलित रकम बाणगंगा नगरपालिका वडा नं ४ कपिलबस्तु पुगी हस्तान्तरण गरिएको हो ।
पछिल्लो समय धेरै मानिसहरुले प्रयोग गर्दै आईरहेको सामाजिक सञ्जाल टिकटक मनोरञ्जन साधन भएपनि यसको माध्यमबाट विभिन्न सामाजिक कार्य गर्दै आएको टिकटकका अन्र्तराष्टिय होस्ट डिल्लीराज पराजुलीले बताउनुभयो । साथ उहाँले भन्नुभयो,– ‘ म प्रत्येक दिन बिहान टिकटकबाट लाईभ होष्टिङ्ग गर्छु । ’ लाईभमा देश तथा विदेशका मानिसहरुसंग कुराकानी गर्दै दुई घण्टामा २४ हजार २९९ सहयोग जुटेको उहाँले बताउनुभयो । विशेष गरी गरिब , अनाथ बालबालिका, विपन्न वर्गका व्यक्तिहरुलाई यसबाट संकलित रकम सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने होष्ट पराजुलीले बताउनुभयो ।

टिकटकबाट संकलित रकम पाएपछि मृगौला पिडित जिसीले आफुलाई केही दिन बाच्नका लागि हर्ट गु्रप टिकटक सहारा बनेकोमा खुसी व्यक्त गर्नुभयो । जिसीको एक छोरा र एक छोरी र श्रीमती छन् । प्युठानको झिमरुक गाउँपालिका वडा नं ४ बांगेमरोटमा स्थायी ठेगाना भएका जिसी हाल कपिलबस्तुमा कोठा भाडा लिएर बस्दै आउनुभएको छ। जिसीले आर्थिक अभावका कारण डाईलासिस गर्न समस्या परेको र थप सहयोगका लागि पनि अपिल गर्नुभएको छ ।
टिकटक गु्रपमा सहयोग गर्ने देशविदेशका सहयोगदाताहरु निम्नानुसार हुनुहुन्छ ।
१) सुस्मा मगर माण्डवी गाउँपालिका रातापानी मर्कावाङ्ग (हाल दुबै) ः १,०००
२) डिल्लीराज पराजुली प्युठान नगरपालिका वडा नं ८ बाग्दुला प्युठान ः १,०००
३) रेस्मी आले काठमाण्डौ ः १,०००
४) भुवन सिंह प्युठान ः १,०००
५) रमेश बस्याल पाल्पा (हाल दुबै) ः १,०००
६) काजिमान तामाङ्ग (शुभलक्ष्मी) काठमाण्डौ ः १,०५०
७) मिना वली प्युठान ः १,०००
८) सञ्जु सम्झना फुर्याल(काठमाण्डौ) ः ५००
९) क्षेत्री सोमा (काठमाण्डौ) ः १,०००
१०) अविरल थापा (प्युठान) ः १,०००
११) निरुता विष्ट रुकुम(हाल काठमाण्डौ) ः १,०५५
१२) मनोज कार्की भक्तपुर ( हाल युएसय) ः ५,०७८
१३) सुगम रिजाल ः प्युठान ः १,१०५
१४) मोनिका बोगटी (काठमाण्डौ) ः १,००५
१५) चुरामणी खड्का (रुकुम) ः१,०००
१६) अम्बीका खनाल बुद्धभूमि ४ कपिलबस्तु ः २,०००
१७) निरुता निरौला बृतामोट झापा ः १,०००
१८) मगर ईच किङ्ग कैलाली ः ५०१
१९) क्षितिज बेल्बासे बुद्धभूमि कपिलबस्तु ः १,००५
२०) दिलबहादुर घर्ती रातापानी मर्कावाङ्ग (हाल दुबै) ः १,०००
उक्त नेपाली टिकटक गु्रपले यस अघि प्युठानका स्वर्गीय बालक थारुप मगरको परिवारलाई १४ हजार रुपिँया सहयोग समेत गरेको थियो । आगामी दिनमा पनि टिकटकबाट संकलित रकम सामाजिक क्षेत्रमा लगानी लगाउने होष्ट पराजुलीले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली हर्ट गु्रपका सदस्य अविरल थापा, सुगम रिजाल, अम्बिका खनाल, पदम खनाल, प्रेस सल्लाहाकार बोमबहादुर परियार, वुटवल स्थित टिकटक भाईरल शिव पोख्रेल र गणेश सापकोटा समेतको उपस्थिती रहेको थियो ।

+ posts