१४ दिन देखि केही सेवाहरु बन्द रहेको हस्पिटल पुन संचालनमा
 ५ कार्तिक २०७७, बुधबार

१४ दिन देखि केही सेवाहरु बन्द रहेको हस्पिटल पुन संचालनमा

   २९ भाद्र २०७७, सोमबार ०४:०६ प्रकाशित

बिमल प्रसाद पाेख्रेल भदाै २९ प्युठान
बुटवल-११,कालिकानगरमा संचालित चौराह हस्पिटल प्रा. लि मा कार्यरत डाक्टर तथा स्वास्थ्य कर्मिहरुमा covid-19 संक्रमण देखिए संगै बिगत 14 दिन देखि रोकिएका सेवाहरु पुन संचालनमा आएकाछन। हस्पिटललाई निर्मलिकृत गरि सम्पुर्ण सेवाहरु संचालनमा आएको र संक्रमित कर्मचारिहरुलाई ठिक भएकाे हस्पिटलका संचालक तथा सुचना अधिकारी कमल ज्ञवालिले जानकारि गराउदै भने हामी पुर्णरुपमा स्वास्थ्य सेवा दिन तयार छाै।हस्पिटलका उपकरणहरु मापदण्डअनुसार निर्मलिकरण गरि सेबा सुचारु गरेका हाै।
यस बिचमा हस्पिटलले सेवादिन नसकेर सेवा ग्राहिहरुमा पर्न गएको असर प्रती हस्पिटल परीवार क्षमा प्रार्थी रहेको जानकारि गराए।चाैराह हस्पिटल प्रा .लि ले अत्याधुनिक उपकरण संगै विशेषज्ञ डाक्टरहरु बाट नियमित रुपमा न्युरो सर्जरी, जनरल तथा ल्याप्रोसकोपि सर्जरी, युरो सर्जरि,जनरल फिजिसियन, हाडजोर्नी तथा नसारोग,बाल रोग छाला तथा चर्म रोग, नाक ,कान तथा घाटी रोग ,दन्त रोग ,फिजियोथेरापी सेबा, भिडियो एक्स-रे र अपरेसन लगाएतका सेबा दैनिक रूपमा पुन संचालनमा आएको जानकारी गराउनु भयो। उहाँले भन्नुभयो कोरोना कहरको असहज परिस्थितिलाई सहज बनाउदै, थप सेवाहरुलाई ब्यबस्थापन गरि गुणस्तरिय स्वस्थ्य सेवा दिने जानकारी गराउनु भयो ।

+ posts