आरोप प्रत्यारोपमा ऐरावती गाउँपालिका
 ९ कार्तिक २०७७, आईतवार

आरोप प्रत्यारोपमा ऐरावती गाउँपालिका

   २९ भाद्र २०७७, सोमबार ०५:२२ प्रकाशित

अावाज पाेष्ट
भदाै २९ प्यूठान
ऐरावती गाउँपालिकामा आर्थिक वर्ष २०७७।७८ को बजेट संशोधन तथा कार्यान्वयन विवादमा परेको छ । शुक्रबार बहुमतका आधारमा विशेष गाउँसभा सम्पन्न भए पछी विभिन्न निर्णय कार्यान्वयन गर्न हुन्न भन्दै सभाहलमै गाउँपालिका उपाध्यक्ष सहितको टोलिले नाराबाजि संगै रोस्टम घेराउ समेत गरे तर विबादको बाबजुत पनि गाउँपालिकाले बहुमतका आधारमा विशेष गाउँसभा सम्पन्न गरेको बताएको छ ।
गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले आइवार पत्रकार सम्मेलन मार्फत गउँसभाले गरेका निर्णयहरु सार्वजनिक गरेका छन । ‘गाउँसभाले कोरोना प्रभावका कारण विभिन्न योजनाहरुलाई संशोधन गरि श्रममुलक योजनाहरुमा रकमान्तरण गर्ने निर्णय गरेको छ।’ पत्रकार सम्मेलनमा अध्यक्ष शाहले भने, ‘कर्मचारी संगठनात्मक संरचना पारित गरि गाउँपालिकामा आवस्यक कर्मचारी करारमा नियुक्ति गर्ने बाटो खुलाएका छौं।’ वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा न्यायिक समिति पुनर्गठन गरिएको अध्यक्ष शाहले बताए । ‘न्यायीक समितिको कार्यसम्पादन सन्तोषजनक गर्न सकेन ।’ अध्यक्ष शाहले भने, ‘न्यायीक निरुपणमा जनता सन्तुष्ट हुन सकेनन्।’ न्यायीक समितिको सदस्यमा तारा सार्की र भरत खड्कालाई चयन गर्दै अर्जुन पन्थि र कृष्ण राउतलाई समितिबाट हटाईएको छ। विधि(विधान विपरित, अलोकतान्त्रिक एवं जबर्जस्ती गुन्डागर्दी शैलीमा गाउँसभा सम्पन्न गराईएकोे उपाध्यक्ष बुद्धबहादुर बस्नेतले एक विज्ञप्ती मार्फत आरोप लगाए पछी साहले पत्रकार सम्मेलनमा बोल्दै भने हामीले पटक पटक आग्रह गर्दा नमाने पछी बहुमतका आधारमा विशेष गाउँ सभा सम्पन्न गरेका हौ । आफुलाई गुण्डा गर्दिमा बैठक पुस्तीका लुकाएको भनि भ्रम छरेर उम्कन खोजेको शाहले खण्डन गरका छन । उनले भने “ हामीले गलत निर्णय गरेका छौनौ आवाश्यक्ताका आधारमा निर्णहरु गरेका छौ । यसमा सहमती हुन सवैलाई आग्रह गर्दछौ ”
गाउँसभाको पक्षमा अध्यक्ष शाह सहित नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा निकटका २१ जना जनप्रतिनिधि रहेका छन् भने गाउँसभाको विपक्षमा उपाध्यक्ष बस्नेत सहित १३ जना नेकपा निकटका जनप्रतिनिधि उभिएका छन्। सातौं गाउँसभाबाट सर्वसम्मत पारित नीति तथा कार्यक्रम कार्यान्वयन प्रकृया सुरु नहुँदै विशेष गाउँसभा बोलाईनु कानुन सम्वत् नभएको उपाध्यक्ष पक्षमा रहेका जनप्रतिनिधिहरुको भनाई छ भने कोभिड(१९ पछिको अवस्थामा बजेट संशोधन गर्न तथा अन्य महत्त्वपूर्ण निर्णय लिन विशेष गाउँसभा अनिवार्य भएको अध्यक्ष शाह पक्षमा जनप्रतिनिधिहरुले अडान गरेका छन्।
शनिवार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाका प्रवक्ता दामु विकले परिस्थिति अनुरुप विशेष गाउँसभा सम्पन्न गरेको दावी गरेका छन्। उपाध्यक्ष सहितका जनप्रतिनिधिहरुले गाउँपालिकालाई अनिर्णयको बन्दी गराउने षड्यन्त्र गरिरहेकै अवस्थामा गाउँसभा सम्पन्न गरिएको विकले बताएका छन्। ‘राजनीतिक पूर्वाग्रह राखेकै कारण बाध्य भएर गाउँसभा गरियो।’ प्रवक्ता विकले भने, ‘गाउँसभाले लिएका निर्णयले पालिकावासीको समग्र विकासमा सहयोग पुर्याउनेछ यो कार्य सवैको सफलताको विषय पनि हो । ’

गाउँपालिकाकाे विकास केन्द्रित नभएर नेतृत्वकर्ताहरू चुनाव केन्द्रित भएकाेले विवाद भएकाे गाउपालिका बासिकाे बुझाइ छ ।

+ posts