क्यानसर पीडित अस्मीतालाई हामी नेपाली हाम्रो नेपाल समुह द्धारा आर्थीक सहयोग
 १५ फाल्गुन २०७७, शनिबार

क्यानसर पीडित अस्मीतालाई हामी नेपाली हाम्रो नेपाल समुह द्धारा आर्थीक सहयोग

   ३० भाद्र २०७७, मंगलवार १२:४० प्रकाशित

हेमन्त पाठक
भदौ ३० प्यूठान
अान्द्रामा क्यान्सर भएर उपचारार्थ क्यान्सर पीडित किशोरीलाई मंगलबार हामी नेपाली हाम्रो नेपाल समुहले आर्थीक सहयोग गरेको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ्गकी १७ वर्षीय किशोरी अस्मिता नेपाली लामो समय देखि पेटकाे अान्द्रामा क्यान्सर भएकाे हुदा अाथीर्क भावले घरमै थला परेकि थिइन । स्थानिय लगाएत सहयोगि मनहरुले सहयोग गर्न थाले पछी उनको चिवन भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ।

आर्थिक स्थिती कमजोर भएका कारण उपचारमा केही भए पनि सहयोग हुन्छ भन्ने हेतुले ७ हजार सहयोग गरेको ग्रुपका लिडर महेश रावतले बताए । प्रकाश सुवेदी,हेमन्त पाठक,सपना क्षेत्री,विमला योगि लगाएतको टोली घरमै पुगेर परिवारलाइ रकम बुझाएको रावतले बताए । पीडित नेपालीलाई पेटको आन्द्रामा क्यान्सर भएकोले उपचारमा आर्थिक समस्या देखिएको पीडितकी हजुरमा थमीदेवी सार्कीले बताइन । पीडित नेपालीको उपचारमा सक्दो सहयोग गरिदिन घरपरिवारले अपील गरेका छन ।

+ posts