पुल जिर्ण अवस्थामा खोला बढे स्थानीयलाई समस्या , सरोकारवाला मौन ।। भिडियाे सहित
 १३ कार्तिक २०७७, बिहीबार

पुल जिर्ण अवस्थामा खोला बढे स्थानीयलाई समस्या , सरोकारवाला मौन ।। भिडियाे सहित

   ३१ भाद्र २०७७, बुधबार ०६:५३ प्रकाशित

हेमन्त पाठक
भदौ ३१ प्यूठान,
प्युठान नगरपालिका ३ र ४ मा रहेका स्थानियहरुलाइ गाउँमा आवत जावत गर्ने पुल नहुदा समस्या भएको छ । प्युठमान नगरपालिका ३ र ४ को सिमाना भित्र मंग्रा नजिकै रहेको झलेगंपुल जिर्ण अवस्थामा हुदा आवत जावत गर्न समस्या भएको स्थानियको भनाई छ । क्वापानी, सापडाडा घुरचौने , मंग्रा, खडेरा लगाएतका स्थान भित्र पर्ने जुम्री खोलाको मंग्रामा जिर्ण अवस्थामा रहेको पुलको मर्मत नहुदा समस्या भएको स्थानीय जित बहादुर कुवरले बताए ।
वर्षातको समयमा खोला बढेर आउदा पुल बाटै टंगिएर जानु पर्ने बाध्यता रहेको अर्का स्थानिय नुम बहादुर केसीले बताए । खोला बढ्दा मात्र हैन नबढ्दा पनि बालबालिकालाई समस्या छ । हामी त जनतन खोला तर्छौ तर सापडाडामा रहेको सारदा आधारभुत विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थिहरुका लागि झनै समस्या भएको केसीले बताए । केसीले भने “ विद्यालय पठाउदा कैले आफैले बोकेर छोड्न आउछौ कहिले राम्ररी खोला तरेस है भन्नु पर्छे” । उनले थपे सवै भन्दा हाम्रा वालबालिकालाई र महिलालाई समस्या छ खोला बढेपछी पुल बाट टंगिएर जानु पर्छ उनले भने गएको मान्छे फर्किने होकी हैन भन्ने त्रास हुन्छ । सावडाडाका बासीन्दा मंग्रा आउनु पर्यो भने जुम्री बाट घुम्नु पर्ने बध्यता रहेको केसीले बताए ।

पन्चायत कालमा बनेको पुल हाल जिर्ण अवस्थामा छ । पुल मर्मतका लागि ल्याएका सामन समेत स्थानीय टोेप कुमार न्योपाने घरमा थन्किएका छन । २ वर्ष भन्दा अगाडी जिविस बाट पुल मर्मतका लागि ४ लाख २५ हजार रकम परेको भन्ने थियो तर कहाँ गयो पत्ता नपाएको स्थानीय टोपकुमार न्योपानेले बताए । छुट्टिएको रकम मा २ लाख पच्चीसहजार मात्र आयो भनरे टारे अर्को साल बजेट आउछ भन्दै नेताहरुले आस्पासन मात्र दिएको न्योपानेको भनाई छ ।
पुल नहुदा वल्लो र पल्लो गाउँको दुरी लामो भएको छ । हिउँदको समयमा जनतन खोला तर्न सकिन्छ तर वर्षाको समय निकै अफुठ्यारो हुन्छ । निकै लामो समय देखि जिर्ण अवास्थामा रहेको पुल मर्मतका लागि सरोकारवालाहरु मौन छन । चुनावको समयमा पुल बनाउछौ भन्दै जनतालाइ आस्पासन दिएका नेताहरु कानमा तेलहालेर बसेका छन । गाउँमा पुल बानाउने नारानै बनाएर चुनाव प्रचार गरे तर आजभली जनताले दुख पाइरहेकोे अवस्था नदेखेको स्थानीहरुको भनाईछ । स्थानीय व्यापारीक केन्द्र मंग्रमा सामनन्य कीन वेचमा सरीक हुने स्थाननियहरुलाई पुल नहुनुकै कारण टाढा हुनु परेको छ । किसानहरुका लागि खोला वारी पारी गर्दा निकै कस्ट संग खोला तर्नु पर्छ । चिल्ला भाषण गर्ने नेताहरुले जनताको दुख वुझनका लागि सरकारमा गएका हुन कि नाम मात्र चिनाउन गएका हुन यहाँ प्रश्न चिन्न खडा परेको छ ।
लमो समय देखी जिर्ण अवस्थामा रहको पुल मर्मतका लागि निरन्तर स्थानीयहरु संग परामर्स गरेको प्यूठान नगरपालिका प्रमुख अजुृनकुमार कक्षपतीले बताए । ३ र ४ का स्थानीय संग वडाअध्यक्षहरुलाई छलफल गर्न लगायौ तर स्थानीयले जग्गा दिन नमाने पछी काम रोकिएको कक्षपतीले बताए । पुल बनाउनका लागि प्राथामिकतामा छ स्थानीयले जग्गा उपलव्ध गराएपछी काम छिट्टै सुरुहुन्छ कक्षपतीले भने सहमती भए र जग्गा उपल्वध भए आयोजनाले काम सुरु गर्छ । कक्षपतीले भने स्थानियहरु जगरुप हुन पर्यो हामी सरोकारवालासंग छलफल गरी काम गर्ने प्रकृयामा छाँै । प्राण रक्षामा प्रकाशित समाचार

+ posts