प्युठानमा २१ जना नयाँ काेराेना संक्रमित थपिए
 ५ कार्तिक २०७७, बुधबार

प्युठानमा २१ जना नयाँ काेराेना संक्रमित थपिए

   ३१ भाद्र २०७७, बुधबार १२:५६ प्रकाशित

प्युठानमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षणमा २१ जनामा कोरोना पाेजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले बताए ।
कोरोना संक्रमण पुष्टि हुनेमा प्युठान नगपालिकाका ९, स्वर्गद्धारी नगरपालिकाका १, झिमरुक गाउँपालिकाका ७ र सरुमारानी गाउँपालिकाका ४ जना रहेका छन् । संक्रमित हुनेमा ६ महिला र १५ जना पुरुष गरि २१ जना रहेका छन । संक्रमितहरु १४ देखि ६४ वर्ष उमेर समुहका रहेका छन ।

हाल सम्म प्युठानमा ४९६ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये निको भएर घर फर्किनेको संख्या ४५४ पुगेको छ भने जिल्लामा सक्रिय संक्रमितको संख्या ४० रहेको छ । आज मात्र २ जनाले कोरोना जितेर गर फर्किएको श्रेष्ठले जानकारी दिनु भयो । जिल्लामा कोरोनाको कारण दुई जनाको मृत्यु भई सकेको छ भने रिपाेर्ट अाउन बाकी ३०५ जना छन ।

+ posts