त्याे रमाइलो सेलरोटी यात्रा (यात्रा स्मरण)
 १३ कार्तिक २०७७, बिहीबार

त्याे रमाइलो सेलरोटी यात्रा (यात्रा स्मरण)

   ३१ भाद्र २०७७, बुधबार १३:३८ प्रकाशित

लेखक ः शुरेस विएम

विहानको करिव २ वजेको थियो म सुत्ने तयारी गर्दै थिए किन भने बल्ल २ त वजेको थिायो । सम्धी जिवन खनालको आदेस आयो लौ सम्धी ज्यू ढिलो हुन्छ ३ वजे हिड्नु पर्छ । म विस्ताराबाट उठे ऐना हेरे चिया बनाए अव सुत्नेकाम भोल भनेर आफैलाई भने झोला कसें अनि घरबाट निस्किए बाहिर हल्का वर्षा परिरहेको थियो वर्सादी ओडेर सडकमा निस्कदा कुकुरहरुले आवाज दिइरहेका थिए सवैलाई आफ्नो अस्थित्वको आवाज दिनु त छंदै छ ।
म र जिवन खनाल लगाएत ३ जना अन्य साथिहरुको टोली पद यात्रा गर्दै दिनभरमा धेरै ठाउँ घुमी साँझ आफ्नै निवास फर्किने उदेश्य थियो । कोभिड १९का कारण मनमा अनेक थरीका सोचाइ दुर गर्नका लागि हामी दिनभरको यात्रा गर्ने निर्णय गरेका थियौ सोहि उदेश्य अनुसार हामीलाई यात्रामा चाहिने सामान झोलामा प्यकगरी जुम्री बाट हाम्रो यात्राको थालनी भयो ।
हाम्रो यात्रा सफल बनाउनका लागि हाम्रो उत्साह निकै बढेर आएको थियो । हामी जुम्री खोला किनारै किनार सापडाडा हुदै उकालो लाग्न थाल्यौ विहानको सितल हावा, उज्वालो भएको थिएन बस्तीमा बालेका बल्वको उज्यालोले आन्नद अनुभुती हुन्थ्यो । हामी पहिलो बस्तीको उकालो सकेर ओखरबोट पुग्दा उध्याराहरु उज्यालोमा परिणत हुदै थियो । करिव साढे ६ वजेतीर हाम्रो पहिलो गन्तव्य नेपानेमा पुग्दा पुर्वको डाँडाबाट बालक धाम मडिखोला बाट उक्लीरहेको बादलहरु र एक झुल्का चिसो बतासले हामीलाई स्वागत गरे जस्तै लाग्थ्यो । लहराउदा बादलका दौडाइ यत्रतत्र जंगली फूलहरु चराहरुको एकलिस्त तर सुन्दुर संगितले हामीलाई मन्त्रमुक्द बनायो मानौ एक झुल्का बतासहरुले हाम्रा आखाबाट संपुर्ण थकानहरु लिएर गए र हाम्रो आखाले देखिने सम्पुर्ण दृष्यहरु रम्न थाल्यो हावाको विपरित वाहावमा स्थिर अडिएर त कहिले फाइटर विमान जसरी तल माथी ड्राइभ हानिरहेका चराहरुको उडान नेपानेको अग्लो डाडा चरौलि भिरको थुम्का सम्म लुरुकै पुगेका जन्ती ढुङ्गाहरु संग जोडिएका अनेकन लोक किसाहरु र नेपानेबाट देखिने सुन्दर दृष्यहरुलाई छाडेर हामि प्यूठान रोलपा सिमाना देउराली तर्फ लाग्यौ
हामीलाई अर्का गन्तव्य लिस्ने पुग्नु पर्ने थियो दाया तर्फ फर्केर प्यूठान र बाया तर्फ फर्केर रोल्पा हेर्देै हामी देउराली बाट लिस्ने तर्फ निस्केऔ । नेपाल सरकार पर्यटन पुर्वाधार विकास बोर्ड कार्यालयको सहयोगमा निर्माण गरिएको नयाँ पद मार्ग रेलिङहरु र भ—याङले लिस्नेको यात्रालाई सहज बनाइरहेको थियो । कोठिभिर पछीको प्यूठानको दोस्रो अग्लो पहाड लिस्नेमा पुग्दा लिस्ने कुहिरोहरुको भागदौड भित्र मग्द निदाइरहेको थियो हामी लिस्ने पुगेको केहि समय पश्चात कुहिरोहरु हटिदिए पछी जुन दृष्य देखियो हाम्रा सम्पुण थकानहरु कुहिरो संगै गायव भए । घना जंगल मा विभिन्न किसिमका रुखहरु र डाडामा सितल हावाले हुरुक्क भएको हाम्रो मन निकै हर्सित बन्यो हिड्दा थकान भएपनी त्यहाबाट देखिने मनोरम दृष्यले थकाइको महसुस हुनै दिएन।

सिम देखी जुम्री सम्मको र अरेस देखी सुलीचौर सम्मको सम्पुर्ण गाउँका बस्तीहरु लिस्नेको काखमा निदाइरहेको छन । दृष्यहरु मनमोहक थिए पहाडका थुम्काहरुको कला गज्जवको हुन्छ कोलाहल र फोहोरले भरिएको सहर र बस्तीहरुलाई सुन्दर फुल जसरी आखामा प्रस्तुत गर्दछ त्यसैले त मलाई सम्पुर्ण उचाइहरु गज्जव जादुगर लाग्छ अचम्मको कलाकार लाग्दछ । एक हातमा जीवन अर्को हातमा मृत्यू बोकेर किन मान्छेहरु हिमाल चढ्ने दुससाहस गर्दछन तपाइ कुनै अग्लो डाडाबाट मानौ उभिएर चार तिर हेर्नुहोस जवाफ आफै पाउनुहुनेछ । लिस्नेलाई छोडेर आउने मन त कहा थियो र हाम्रो उदेश्य उनुसार लिस्नेलाइ मिठो मुस्कान संगै विदाइ गर्दै हामी हाम्रो गन्तव्य तर्फ लाग्यौ ।
लिस्नेको छोटो बसाइ पछी पहाडै पहाडको बाटो हुदै हामी अर्को गन्तव्य झुलेनी तर्फ लाग्यौ यात्रामा कयौ सुन्दर फुलहरुको मुस्कान संगै साक्षत्कार गर्यो चराहरुको मधुर मेलोडिहरुमा रमाउदै हामी झुलेनी पुग्यौ लिस्ने भन्दा फरक आभास र आन्नदको अनुभुती ले चरम सिमा नाग्ने खालको झुलेनीमा हाम्रो मन फुरुगं भयो । झुलेनीबाट प्यूठानका सवै भुवाग र वाहिरका जिल्ला रोल्पा, वाग्लुङ अर्घाखाची गुल्मी दाङका भिविन्न ठाउहरु र हिम श्रङखला सहजै अवलोकन गर्न सकिन्छ । धन्नजय गोत्रीय भण्डारी बन्दुहरुको उदगम स्थल झुलेनीे भ्रमण स्थल बनेको छ । सवैका फेसवुक वालहरुमा झुलेनीका फोटा देख्न पाइन्छ । फेसबुकमा देखेका तस्विरले झुलेनीमा कतिवेला जाउ जस्तो लाग्थ्यो । साच्ची यो दिन झुलेनी पुग्दा आन्नदको अनुभुती भयो । केहि समय झुलेनीमा रमायौ र हामी त्यहा बाट छुलेनीको छोटो बसाइ पछी हामी भित्रीकोट सम्मको यात्रामा लाग्यौ बाटोमा झुलेनीका र लिस्नेको वर्णन गर्दै हामी भित्रीकोट पुग्यौ । भित्रीकोट धेरै पटक पुगेको म त्यो दिन जादा अलि फरक थियो । विस्तारै विकास हुदै गएको भित्रीकोट पर्यटकका लागि रमणिय ठाउँ बनेको छ । केहि समय भित्रिकोट परिसर अवलोकन गर्यौ र त्यहाबाट जुम्री तर्फ लाग्यौ ।
विहन ३ बजे जुम्री बाट तय गरेको यात्रा बेलुका ८ बजे जुम्रीमै टुंगिने तयारी हुदै गर्दा लामो समय हिड्दाको अनुभव समेत संगालीयो । यात्रामा सहज त थिएन वर्षाको समयमा अनेक थरी कष्ठ भए पनि आन्नद त धेरै भयो । फोटामा देखेका दृष्य र आफ्नै आखाले देखाका दृष्यहरु साच्चिकै जिवन भर स्मरण गर्न लाएक छन । त्यस्ता दृष्य अवलोकन गर्दै हाम्रो उदेश्य हामी पुरा गरेका छौ । कतै विकासका पर्खाइमा रहेका संरचना र पर्यटकको पर्खाइमा रहेका स्थान प्रकृतीलाइ हेर्दै मुस्कुराइरहेका देखीन्छ । पर्यटकको निकै संभावना बोकेका लिस्ने झुलेनी भित्रका प्रकृतिका व्रदानहरु प्रवद्धन गर्न स्थानीय नागरीक र स्थानीय सरकारलेले विशेस चासो दिनु पर्ने देखिन्छ । पर्यटन क्षेत्र प्रवद्धन गर्न बृहत उदेश्य बनाई विकास गर्न सके स्थानीय नागरीकहरुको आय संगै प्युठान जिल्लाका चिनारी भनेर चिनाउन सकिने छ ।
यसरी पद यात्रा गरेको टिमले हामी हिडेको पदमार्गलाई सेलरोटि पदमार्ग भनेर नामाकरण गर्यौ । यो कोरोनाको महामारीमा तपाइ घरमा हुनुहुन्छ । उहि घर उहि आगन बाट देखिने दृष्य र सोसल मिडियाका कृतिम म.महरुले तपाइ हैरान हुनुहुन्छ घाटामा चलिरहेको भविश्य र वर्तमानको हिसावमा अल्झी रहनु भएको छ । छ भने एक पटक भविश्यलाई आखा चिम्लेर पद यात्रा सुरु गर्दा उत्तम हुने सुझाव तपाइहरुका लागि भयो । सेलरोटि पदमार्ग जंगली फल चराहरुको सफर मेलोडि बतासहरुको सित्तल र प्रकृतिले लिएको पहाडका थुम्काहरुमा लहराइरहेका बसटियानहरुले तपाइको अगमनमा स्वागत गर्न सदासर्वदा आतुर छन ।
प्राणरक्षा मासिककाे भाद्र अंकमा प्रकाशीत लेख

+ posts