विद्यार्थीलाई फोनबाट पढाउँदै माण्डवी मा.वि
 ५ कार्तिक २०७७, बुधबार

विद्यार्थीलाई फोनबाट पढाउँदै माण्डवी मा.वि

   ४ आश्विन २०७७, आईतवार १५:४९ प्रकाशित

गिता गौतम
असोज ४ प्यूठान
माण्डवी गाउँपालिका ३ स्थित माण्डवी माध्यामिक विद्यालय . नयाँगाउँ प्युठानले असोज १ गते बाट नरसरी देखी कक्षा १२ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई बैकल्पिक बिधि बाट शिक्षा दिन थालेको छ । विद्यालयले आफ्नो सेवा क्षेत्र भित्रका सम्पुर्ण विद्यार्थीहरुलाई विभिन्न माध्यम द्वारा शिक्षा दिन थालेकाे हाे ।
कोभिड १९ का कारण ठप्प भएको पठनपाठनलाई गाउँपालिका शिक्षा शाखासंग समन्वय गरि पठनपाठन सुचारु गरिएको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए । यस बर्षको शैक्षिकसत्र सुरु भए लगत्तै कोरोना महामारीका कारण सोही समयमा पठनपाठन संचालन गर्न नसके पनि पहिलेनै स्वास्थ सुरक्षा मापदण्ड अपनाएर बिद्यार्थी भर्ना तथा पाठ्यपुस्तक बितरण गरिएको पौडेलले बताए । पहिलो चरणमा शिशु कक्षा देखि ५ कक्षा सम्मका १७५ बालबालिकालाई टोल टोलमा शिक्षकहरु गएर विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको पौडेलले बताए । पौडेलले भने “कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई पनि पाठ्यक्रम निर्धारण गरी मोबाइल फोनको माध्यमबाट अडियो कक्षा दिई रहेको छौ ” । यो प्रभावकारी शिक्षाका विभिन्न बैकल्पिक विधिहरु मध्ये अडियो कक्षा दोस्रो विधि हो । यस विधिबाट विद्यार्थीलाई प्रभावकारी हुने प्रधाना ध्यापक पौडेलको बुझाई छ ।
लामो समय सम्म लकडाउन भए पछि विद्यार्थिहरुको पढाई अन्यौलमा परेको थियो स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार पठन पाठन कार्यलाई सुरु गरेका हौ । पौडेलले भने “ यसमा विद्यार्थीले निकै चासो देखाएका छन ”। नेपाल सरकार शिक्षा तथा प्रविधि मान्त्रालयले जारी गरेको विद्यार्थि सिकाई सहजिकरण निर्देशिका २०७७ को गाइडलाइन अनुसार विद्यालयले पठनपाठन संचालन गरेको पौडेलको भनाई छ ।
९५२ जना विद्यार्थी रहेको माध्यामिक विद्यालयमा दरबन्दी शिक्षकहरु २१ , निजि ६ ,गाउँपालिका अन्तरगत ४ र कार्यालय सहयोगी २ गरी विद्यालयमा ३३ जना शिक्षक कर्मचारी रहेका छन ।

+ posts