अावाज पाेष्ट असाेज ४ प्युठान दिन भारी वर्षाको सम्भावना । आजदेखि ५ दिनसम्म फेरि ठूलो पानी पर्ने सम्भावना रहेको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विभागले जनाएको छ । सोमबार सूचना प्रकाशित गरी विभागले असोज ९ गतेसम्म देशैभर जोखिम रहेको औँल्याएको हो ।
यसले जोखिमपूर्ण बस्तीहरुमा असर पुर्याउन सक्ने भएकाले सचेत रहन विभागले सबैसँग आग्रह गरेको छ । बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभावले पाँच दिनसम्म पानी पर्नुका साथै हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको बताइएको छ । युग दर्सन बाट