प्युठानमा थप ८ जना नयाँ कोरोना संक्रमीत थपिए
 १३ कार्तिक २०७७, बिहीबार

प्युठानमा थप ८ जना नयाँ कोरोना संक्रमीत थपिए

   ६ आश्विन २०७७, मंगलवार १३:३९ प्रकाशित

गिता गाैतम
प्युठान ,असोज, ६
मंगलबार प्यूठानमा थप ८ जना कोरोना संक्रमीत थपिएका छन
प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा गरिएको स्वाब परिक्षणमा ऐरावती गा .पा . ५ जना, मल्लरानि गाउपालिका १ , झिम्रुक गाउपालिका १ जना र स्वर्गद्वारी न .पा . १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सम्म जिल्लाभर कुल संक्रमितको संख्या ५२२ पुगेको छ । ती मध्ये ४५८ जना कोरोना जितेर घर फर्कि सकेका छन ।
अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ६२ जना रहेको श्रेष्ठले बताउनुभयो । यस अघि कोरोनाका कारण जिल्लामा दुई जनाको मृत्यु भई सकेको बताइएको छ ।

+ posts