अपांग दम्पतीको घर निर्माण कार्य सुरु
 १३ कार्तिक २०७७, बिहीबार

अपांग दम्पतीको घर निर्माण कार्य सुरु

   ७ आश्विन २०७७, बुधबार ०५:०२ प्रकाशित

मधुसुदन पोख्रेल
असोज ७ प्युठान ।
माण्डवी गाउँपालिका वडा नं ३ नयाँगाउका अपांग(दुवैजना बोल्न नसक्ने) दम्पती एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणक कार्य सुरु भएको छ । मंगलबार माण्डवी गाउँपालिकाको जेसिवी ले घडेरी खन्ने काम भएको माण्डवी गाउँपालिकाका शव इन्जिनीयर सरदराज अधिकारीले बताए । अधिकारी दम्पतीको तीन कोठे घर र शौचालय निर्माणका लागि लाग्ने खर्चको प्राविधिक स्टिमेट ६ लाख ५ हजार तीन सय ४० रुपियाँ बराबरको छ ।
प्राविधिक स्टिमेट अनुसार तिहार अगाडी नै घर निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको सामाजीक अभियानता एवम घर निर्माण कार्यको नेतृत्व गरेका हरी बस्नेतले जानकारी गराए । उनले भने “स्टिमेट अनुसार अझै केहि रकम नपुग हुन्छ तर काम सुरु गर्छौ ”
दम्पतीको घर निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका ब्यक्ति र समुदायस्तरबाट २ लाख ५६ हजार भन्दा बढी रकम संकलन भएको बस्नेतले बताए । हाल सम्म लागि घरमा लाग्ने जस्तापाता,रङ,वाइरिङ ,फिटिङ्ग का सामाग्री,ग्रील ,केहि सिमेन्ट,खाट पर्दा,लगाएत सामाग्री जुटि सकेको छ भने सिमेन्ट,इट्टा,पालाइवट,आल्मोनियमका सामाग्री,गिटिबालुवा जस्ता सामाग्री अपुग भएको बस्नेतले बताए ।
दम्पतीको घर निर्माणका लागि गाउँस्तरमा पनि सहयोग रकम उठिरहेको छ । गाउँमा आफ्नो क्षेमता अनुसार सके जती सहयोग रकम उठाएको अपागं दम्पती घर निर्माण समितिका अध्यक्ष केदबहादुर कार्कीले बताए । उनले भने “ सवैले सकेजती सहयोग गर्नु भएको छ हामी पनि निरन्तर लागि परेका छौ ”।
४५ वर्षिय एकराज र उहाँकी ४६ वर्षिय श्रीमती रेसमा अधिकारी दम्पती जन्मजात अपांगता (बोल्न नसक्ने) हुनुहुन्छ । अधिकारी दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठो छोरा १५ वर्षिय आकाश अधिकारी कक्षा ९, माईलो छोरा १२ वर्षिय विकास अधिकारी कक्षा ६ र छोरी ७ वर्षिय करिष्मा अधिकारीले कक्षा २ मा पढ्छन् ।
पत्रीकामा अाफ्नाे समचार अाएपछी खुसीहुदै छन यगराज


अधिकारी दम्पतीको आफ्नै घर नहुदा समस्या छ । कान्छो भाईले आफ्नो घरसंगै जोडिएको दुईकोठे पालीमा पाँच जनाको परिवार बस्दै आएका छन् ।भाईले दिएको ओसारीमा बस्न समस्या भएपछि अधिकारी दम्पतीले केही महिना लगाएर आफ्नो अंशमा घर निर्माणका लागि घडेरी खारेपनि आर्थिक अभावले घर निर्माण गर्न सकेका थिएनन् । आर्थिक अवस्था कमजोर भएका अधिकारी दम्पतीलाई नयाँ घरमा बस्ने अभियानलाई साकार बनाउन विभिन्न निकायको सहयोगमा अभियान संचालन गरिएको छ ।
सुरुदेखी आर्थिक अवस्था कमजोर भएका उनीहरु बुबाआमाको मृत्यु भएपछि झनै समस्यामा परेका हुन् ।दम्पतीको घरमा दुई महिनाका लागि पनि खाने खर्च पुग्दैन बाकी ज्याला मजदुरी गरी खाने गरेका छन् गत आर्थिक वर्षसम्म केहि अंपागता भत्ता पाएपनि यस आर्थिक वर्षदेखी त्यो समेत पाएका छैनन् ।घरबनाउने ठुलो सपनामा रहेका दम्पती घर बन्ने भए पछी खुसी छन । घर बनाउने अभियानमा माण्डवी गाउँपालिका निवासी पुर्ण कालाथोकि,लगाएत स्थानियहरु सकृयभएर लागि परेका छन ।

+ posts