प्युठानमा थप ५ जनामा कोरोना पुष्टि
 ९ कार्तिक २०७७, आईतवार

प्युठानमा थप ५ जनामा कोरोना पुष्टि

   ७ आश्विन २०७७, बुधबार १३:४८ प्रकाशित

गिता गाैतम असाेज ७ प्युठान

प्युठान नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्युठान स्वास्थ कार्यालयका जिल्ला फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परिक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको हो । हाल सम्म जिल्ला भर कोरोना संक्रमितको संख्या ५२७ पुगेको छ । यस सङ्गै आजको दिन सम्म सक्रिय संक्रमितको संख्या ६७ पुगेको छ । कोरोना संक्रमीत देखिएका मध्ये ४५८ जना निको भएर घर फर्की सकेका छन । यस अघि जिल्लामा कोरोनाका कारण दुई जनाको मृत्यु भएको स्वास्थ कार्यालय प्युठानले जनाएको छ ।

+ posts