घामकाे भरमा माेवाईल नेट्राेक
 ५ कार्तिक २०७७, बुधबार

घामकाे भरमा माेवाईल नेट्राेक

   ९ आश्विन २०७७, शुक्रबार ०६:४४ प्रकाशित

गन बहादुर पेस्ताेल

रोल्पा, असोज ९ गते
ntc काे टावर मर्मत नहुदा स्थानियलाई समस्या भएकाे छ । सुनिल स्मृति गाउपालिका ७ तेवाङ(भैसिबुडे)राेल्पा मा रहेकाे Ntc को टावरले काम गर्न छोडेको महिनौ बितिसक्दा पनि मर्मत नहुदा सेवाग्राहि समस्यामा परेका हुन ।
घाम लागेपछी मात्र नेट्रर्कले काम गर्ने स्थानियले बताउछन ।
टावर मा समस्या देखियपछि संबंधित निकायलाइ पटक पटक जानाकारी गराउदा समेत निकायले टावर मर्मतमा चासो नराखेको सुनिल स्मृति गाउपालिका ८ अरेसको जनता को गुुुुुुुनासाे रहेको छ,
यो समय बिसेसगरि बाढी पहिरो को रहेकाले कतिबेला के हुन्छ भन्ने कसैलाइ थाहा छैन,कतै तलमाथि केही भैहाल्यो भने पनि जानकारी पुर्याउने भरपर्दो र बलियो माध्यम मोबाइल हो,जुन मोबाइलको टावर साझ ५ बजे देखि बिहान १० बजे सम्म फिटिक्कै आउदैन,
सुनिल स्मृती गाउपालिका ८ अरेसको वडा अध्यक्ष पुर्णबहादुर राहुका अनुसार वर्षाद को समय हटेपछि मात्रै टावरको मर्मत हुने दुरसन्चार का एक कर्मचारीले बताएकाे राहुकाे भनाईछ ।
4G सहितको टावर विशेषगरि रोल्पापाको तेवाङ र अरेस लाई बिसेस कभरेज गर्छ,तर आज मोबाइलको Screen मा Ntc को टावर 0 छ।

+ posts