ब्याडमिन्टन कवर्डहलको सिलान्यास
 ५ कार्तिक २०७७, बुधबार

ब्याडमिन्टन कवर्डहलको सिलान्यास

   १० आश्विन २०७७, शनिबार १३:२८ प्रकाशित

अावाज पाेष्ट असाेज १० प्युठान
ब्याडमिन्टन खेलाडीहरुको सक्रियतामा निर्माण हुने ब्याडमिन्टन कबडहलको अाज सिलान्यास गरिएको छ। करिब ५० लाख बराबर लागत लाग्ने अनुमान गरिएकाे ब्याडमिन्टन कबडहलकाे अाज प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले सिलान्यास गर्नुभएको छ ।

प्युठान नपा ४ स्थित गणतान्त्रिक खेल मैदान परिसरमा वन्ने उक्त हलका लागि नगर स्तरिय ब्याडमिन्टन संघ बिजुवारले संघमा अाबद्द करिब ३० जना ब्याडमिन्टन खेलाडिहरुवाट रकम संकलन गरेको सचिव विनोद भण्डारीले जानकारी दिनुभयो। सचिव भण्डारीका अनुसार खेलाडिहरुले प्रति ब्यक्ति न्युनतम २०००० का दरले रकम उठाएका छन्। साथै अन्य दाताहरु र प्यूठान नगरपालिकाकाे सहयाेगमा हल निर्माण गर्न लागेको उहाले वताउनु भयो।

नगरपालीकामा ब्याडमिन्टन खेल प्रयाेजनका लागि कबड हल नभयकाे र पुण्यखाेलामा रहेकाे बहुउदेश्यिय हल क्पारेन्टाईन तथा अाईसाेलेसनको रुपमा प्रयोग गरिएको हुनाले खेलाडिहरु खुल्ला अाकाशमा खेल्न बाध्य भयकाे अबस्थालाई मध्यनजर गरि उक्त हल निर्माण गर्न थालिएको हो।

खेल मैदानकाे जग्गा नगर ब्याडमिन्टन संगले नगरपालिका संग माग गरि खेलाडिहरुकै लागत खर्चमा बनाउन लागेकाे र याे कबडहल सुद्घ ब्याडमिन्टन कबडहल बन्ने र सबै ठाउका खेलाडिहरुले प्रयाेग गर्न पाउने कुरा नगर ब्याडमिन्टन संघका अध्यक्ष बालाजु श्रेष्ठले बताउनु भयाे ।
निर्माण हुने अाधुनिक कबडहलमा काठकाे पार्केटिङ सहितकाे दुईअाेटा ब्याडमिन्टन काेड , खानेपानि , पार्किङ गार्डेन , ट्वाईलेट , बाथरुम , टिटि काेड , विभिन्न किसिमका मनाेरन्जनात्मक सामग्रिहरु , अन्य सारिरिक ब्याम गर्ने साधन तथा स्थानहरु रहनेछन्।
सिलान्यास कार्यक्रममा बाेल्दै नगर प्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिकाकाे मुटु, खेल मैदान भित्र ब्याडमिन्टन खेलाडिहरुले अाफ्नै लागतमा अाफै सकृय भयर नगरकाे एक सम्पतिलाई निर्माण गर्न लागेकाेमा धन्यबाद दिदै यस कार्य सम्पन्न गर्नका लागि नगरपालिकाले सहयाेग गर्ने र खेलकुदमा सकृय भयर लाग्न समेत खेलाडिहरुलाई अाग्रह गर्नुभयाे ।उहाले भन्नुभयाे “सरकारले बनाउनपर्ने संरचनालाई खेलाडिहरुले अाफ्नै लागतमा सुरुवात गर्नुभनेकाे निकै राम्राे कुरा हो।”

नगर स्तरिय ब्याडमिन्टन संघमा अध्यक्ष बालाजु श्रेष्ठ उपाध्याक्ष गाेबिन्द कार्कि, सचिब बिनाेद भण्डारी , सहसचिब चन्द्रघर्ति काेषाध्यक्ष बिनाेद थापा लगायत रहनुभएको छ ।

+ posts