ब्रेन ट्यूमर भएका बालकको उपचारका लागि हामी नेपाली हाम्रो नेपाल समुह द्धारा आर्थीक सहयोग
 २१ फाल्गुन २०७७, शुक्रबार

ब्रेन ट्यूमर भएका बालकको उपचारका लागि हामी नेपाली हाम्रो नेपाल समुह द्धारा आर्थीक सहयोग

   ११ आश्विन २०७७, आईतवार १४:४७ प्रकाशित

हेमन्त पाठक
असोज ११ प्यूठान
ब्रेन ट्यूमर भई आर्थीक अवस्था कम्जोर भएका बालकको उपचारका लागि हामी नेपाली हाम्रो नेपाल समुहले आर्थीक सहयोग गरेको छ । माण्डवी गाउँपालिका ३ नयागाउँ निवासी वर्ष तीन का कविर नेपालीको उपचारमा केही सहयोग गरेकोे समुहका प्रमुख महेश रावतले बताए । परिवारको आर्थीक कम्जोरका कारण उपचारमा केही सहयोगहोस भन्ने उदेश्यले समुद्धारा आर्थीक सहयोग गरेको रावतले बताए ।

समुहका सदस्य प्रकाश सुवेदी हेमन्त पाठक,सपना क्षेत्री,विमला योगी र सनध्या रसाइलीे लगाएतको टोली मार्फत परिवारलाई रु १० हजार सहयोग गरेका प्रकाश सुवेदीले बताए । समुहले विभिन्न समस्या भएका परिवारहरुका लागि आर्थीक सहयोग गर्दै आएको रावतल बताएका छन ।
कविर नेपाली विगत लामो समय देखि टाउकोमा मासु पलाएको (ट्युमर) रोगका कारण थलिएका थिए विभिन्न संघ सस्था समुह र सहयोगिमनहरु बाट आर्थिक सहयोग संकलन हुन थाले पछी चितवन क्यानसर हस्पीटलमा उपचार भैरहेको पीडित बालकी दिदि करिना नेपालीले बताइन । मजदुरी गरेर दैनिकी गुजारिरहेका नेपालीको परिवारको आर्थिक कमजोरका कारण उपचार हुन नसक्दा विभिन्न संचार माध्ययममा समाचार आए पछी बालकको उपचारका लागि आर्थीक संकलन भैरहेको छ । बालको उपचारमा अझै आर्थीक समस्या भएकाले सहयोग गर्न चाहानुहुनेहरुका लागि बालकका बुवा बोम बहादुर नेपालीको मोबाइल नम्वर ९८४९०१८६२० सम्पर्क गर्न सक्नुहुने छ ।।

+ posts