टोल शिक्षा कार्यक्रम ः बाटाेमै विद्यार्थीको लाइन
 ५ कार्तिक २०७७, बुधबार

टोल शिक्षा कार्यक्रम ः बाटाेमै विद्यार्थीको लाइन

   १३ आश्विन २०७७, मंगलवार ०६:१५ प्रकाशित

अावाज पाेष्ट
असाेज १३ प्युठान
कोरोना कहरमा शिक्षालयहरु ठप्प छन । विद्यालयले सकी नसकी टोल शिक्षा कार्यक्रम संचालन गरेका छन । हरेक विद्यालयले सिप्टका आधारमा विद्यार्थीहरुलाई पढाइ रहेको देखिन्छ । टोल शिक्षा कार्यक्रममले विद्यार्थीका लागि राम्रो फाइदा हुन्छ तर विद्यालयमा भएका विद्यार्थीहरु विभिन्न स्थान र भुगोलका कारण पठनपाठनमा समस्या देखिएको छ । विद्यार्थीलाई अनुउपयूक्त स्थानमा असहज हुने गरि पढाउदा विद्यार्थीका लागि उपयूक्त नहुने जानकारहरु बताउछन ।

कोरोनाको कहरमा टोल शिक्षा संचालन गरेको मुक्ति मावि रातामाटालाई विद्यार्थी थेग्न हम्मे हम्मे परेको छ ।जिल्लाको कन्द्रमा पर्ने मुक्ति मा वि रातामाटामा विद्यार्थीको संख्या धेरै हुदा विद्यार्थीलाई बाटोमै लाइन लगाएर पठन पाठन सुचारु गरेको छ । विद्यार्थी संख्या धेरै भएका कारण टोल शिक्षा कार्यक्रम संचालन गर्न असहज भएको प्रधानाध्यापक योगेन्द्र जि सी ले बताए । विद्यालयमा धेरै विद्यार्थीको कारण देखाउदै जिसीले भने “ कक्षा ६ देखी १२ सम्मका विद्यार्थी पढाउनका लागि हामी तयार हुदा पनि उपयूक्त हुन सकेको छैन । प्रयोगात्मक विषय ,तथा प्राविधिक धारका विषयहरु पढाउन समस्या भयो ,हामी कती पय ठाउँमा विद्यार्थीलाई बाध्यताबस बाटोमै पढाउन बाध्य भएका हौ ”। ११ र १२ को परिक्षा संचालन नहुदा विद्यार्थी अन्योलमा रहेको जिसीले बताए । नयाँ भर्ना सुरुवात गरे पनि पुराना र नया विद्यार्थीलाई पठाउन समस्या भएको जिसिको भनाई छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ६ ठाउँमा राखेर पठन पाठन सुचारु गरेका छौ । जिसीले भने विषम प्रस्थीतिमा विद्यार्थीहरुका लागि अध्ययन गर्न उपयूक्त हुने गरी व्यावस्था मिलाउने छौ ।

+ posts